images

एसीसी प्रिमियर कप ः नेपालले हङकङलाई हरायो

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपक्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जितहासिल गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई एक सय १४ रनको लक्ष्यदिएको थियो । हङकङ१७.५ ओभरमा अलआउट भएको थियो । नेपालले भने दुई विकेट गुमाएर १२.२ ओभरमाजितहासिल गरेको छ । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो । यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमामलेसियालाई पाँचविकेटले र दोस्रो खेलमाकतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।
 

सोमबार ३ बैशाख २०८१ ०७:४४ PM मा प्रकाशित

प्रतिक्रिया