ओसाकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न 


ओसाका, जापान । गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । नेपाली नयाँ बर्षको २०८१ सालको अवसरमा गैर आवसीय नेपाली संघ  राष्टिय समन्वय परिषद् जापान तथा क्षेत्रीय कार्यसमितीहरु र अन्य संघ संथाहरुको संयुक्त आयोजनामा जापानबासी सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कान्साई क्षेत्रको ओसाकामा अप्रिल १५ तारिकमा भयको रक्तदान कार्यक्रममा करिब  ४७ जना नेपाली तथा जापानी नागरिकहरुले रक्तदान गर्नु भयको एनआरएनए कान्साई क्षेत्रका कोषाध्यक्ष लक्ष्मण गैरेले जानकारी गराउनु भयो ।

कार्यक्रम आयोजकको तर्फबाट कान्साई क्षेत्रका सयोजक हरि प्रसाद कडेलले  यस्ता सामाजिक र पुन्याका काममा लागि रक्तदान कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने बताउनु भयो । विदेशमा रहेर पनि नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने तथा हरेक सामजीक काममा लागि पर्ने एनआरएनए कान्साईका उपसंयोजक टिआर गौडेलले बताउनु भयो ।

रक्तदान कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरे, सचिव दिलिप कडेल, पूर्व उपाध्यक्ष महेश कुमार कटुवाल, केन्द्रिय सदस्य विष्णु सापकोटा सामजसेवीहरु टिकाराम कडेल, मुक्तीराम खरेल, नरबहादुर थापा विकास अधिकारी लगायतको उपस्थीती रहेको थियो ।