कान्साई ओसाकामा मनोरञ्जनात्मक सांगितिक कार्यक्रम हुदैं

ओसाका, जापान ।   गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको आयोजनामा मनोरञ्जनात्मक सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । जापानमा रहेका नेपलीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलले बताउनु भयो ।

ओसाकाको सिभिक सेन्टर बेन्तेन्च्योमा मे १५ तारिकमा आयोजना गरेको उक्त कार्यक्रम टिकट शुल्क नलाग्ने संयोजक कडेलले बताउनु भयो ।  कार्यक्रममा चर्चित लोक दोहोरी गायिका कला लम्साल तथा दोहोरी च्यामपियन प्रकाश पराजुलीको विशेष प्रस्तुति रहने बताइएको छ ।

यसका अलावा काजल गुरुङ, दुर्गेश कार्की, केशव शर्मा, शुशिल ज्ञवाली, कुलबिर थापा तथा  लोक तथा दोहोरिको गित संगीतको क्षेत्रमा चर्चित गायक तथा गायिकाहरुको जोडदार प्रस्तुतिका साथ भव्य सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक एवं एनआरएन कान्साईका उपसंयोजक टिआर गौडेलले जानकारी गराउनु भयो ।  कार्यक्रममा  सम्पूर्ण कान्साई बासि  नेपालीहरुलाई हेर्न अनुरोध समेत गर्नू भएको छ ।