images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेबुधबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ ।मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो । 
त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा कायम भएको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ ।
आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसाले कारोबार भैरहेको छ । 

बुधबार २६ बैशाख २०८१ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया