
जापान/ ओसाका, जापानको ओसाकामा मृत भेटिएकी आरती खनालको छानबिनमा पहल गर्न चितवन समाज जापानले नेपाली दुतावासमा जापानको लागि नेपालका राजदुत डाक्टर दुर्गाबहादुर सुवेदीलाई भेट गरी ज्ञापनपत्र बुझाएको छ ।
समाजका अध्यक्ष इश्वरी प्रसाद कडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो । चितवनको भरतपुर महानगरपालिका वर्डा नं –१२ की आरती खनाल गत मे ८ तारिकमा समदु्रको किनारामा जापानिज प्रहरीले मृत अवस्थामा फेला पारेको शव खनालको नै रहेको पुष्टि भएको थियो ।
ओसाकाको समुद्री किनारामा फेला परेको शवका सम्बन्धमा प्रहरीले आरतीको हुलिया मिलेपनि डीएनए परिक्षण गरेपछि मात्रै प्राप्त रिपोर्टको आधारमा उक्त शब आरतीकै भएको पुष्टि गरेको थियो । उक्त घटनालाई आरतीको परिवारले हत्या भनिरहेको अवस्था छ । घटना कस्ले घटाएको हो ? बास्तविकता के हो ? भन्ने बारेमा सत्यतथ्य छानविन होस् भन्ने माग सम्बन्धित निकायमा गर्नचाहन्छौँ । जापानिज प्रहरी लगायत सम्बन्धित निकायमा यस अघि आरतीको खोजी कार्यमा नेपाली राजदूताबासको कृयाशिलता फेरि पनि हुने आवश्यक छानबिनमा सहजिकरण गर्न र हरेक अवस्थामा सहयोग गर्न चितवन समाज, जापान हरदम तत्पर रहेको समाजका अध्यक्ष कडेलले बताउनु भयो ।
प्रतिनिधीमण्डलमा चितवन अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर केसि र संयोजक राजन कुमार श्रेष्ठ, एनआरएनए एसिया प्यासिफिकका दिपक कंडेल र चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष टंक गैरे, उपाध्यक्ष प्रदिप खरेल, अनिल पौडेल र केन्द्रिय सदस्य युबराज ढकालको सहभागिता रहेको थियो ।