
जापान । क्योतो फ्रेण्ड्स युनाईटेड क्लब क्यातो जापानको आयोजनामा क्योतो कप २०२३ सम्पन्न भएको छ । मे २० तारिक क्योतोमा भएको मैत्रिपूर्ण फुटसल खेलमा युनिटि फुटबल क्लब नागोयाले बेनि फुटबल क्लब ओसाकालाई २-६ को फराकीलो अन्तरले जित हात पारेको हो ।
खेल सुरु भएको पहिलो मिनेटमै गोल गरी अग्रता दिलाएको यूनिटीले जित हात पारेको थियो । पहिलो हाफ पछि निकै राम्रो खेल प्रर्दशन गरको भए पनि बेनीले आफुलाई २ गोलमा नै सिमित राखेको थियो । खेलमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधी क्रमशः बेनीका राजिन पाण्डे र साजन प्रधानले हात पारे भने उत्कृष्ट गोल रक्षकको उपाधी युनिटीका विष्णु केसीले जित्न सफल भएका थिए ।
खेलले अनुशासन व्यक्तित्व विकास र लगनशिलता हुने हुँदा यस्ता खेलकुदका कार्यक्रम गर्नाले नेपाली समुदायले विदेशमा रहेपनि राम्रो सन्देश दिएको बेनी फुटबल क्लबका व्यवस्थापक विकास अधिकारीले बताउनु भयो ।
पहिलो पटक आयोजना गरेको मैत्रिपूर्ण कप फुटसल प्रतियोगिताले नेपालीको पहिचान, भाईचारा, एकताको सन्देश दिएको क्योतो फ्रण्ड्स युनाईटेड क्लबका अध्यक्ष रुस्तम भुजेलले बताउनु भयो । विभिन्न शीलशिलामा जापान आई पेशा, व्यवसाय रोजगार तथा अध्ययनका गरि बसेतापनि नेपाली सामुदायले विभिन्न खाले सामाजिक, खेलकुद तथा मनोरन्जनका कार्यमा अग्रसर नै देखिन्छन अब हरेक वर्ष यसरी खेल आयोजना गर्ने अध्यक्ष भुजेलले बताउनु भयो ।