
सरकारले लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन ल्याउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन, खारेजी र एकीकरण तथा आवस्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने र बन्द तीन उद्योग सञ्चालन गर्ने बताउनु भयो ।
उहाँले हेटौँडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने सदनमा जानकारी गराउनु भयो ।