
टोकियो । चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न भएको छ । टोकियोमा सम्पन्न चौथो अधिवेशनले ईश्वरी कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ ।
चितवनबाट जापान रहेर रोजगार, व्यवसाय तथा अध्ययन लगायत बिभिन्न पेशा गरेर जापानलाई कर्मथलो बनाउँदै आएका चितवनवासीको संस्था चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न भएको हो । कँडेलको अध्यक्षतामा गठिन नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टंक गैरे,उपाध्यक्षहरुमा प्रदिप खरेल,राम खरेल र अनिल पौडेल,महासचिवमा कविकिरण न्यौपाने,सचिवमा अनुपराज कँडेल,कोषाध्यक्षमा धिरण कँडेल,सह-कोषाध्यक्षमा मनिषा प्रधान चयन हुनु भएको छ । त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा, बिरेन्द्र सापकोटा, बिनोद कुमार सापकोटा, युवराज ढकाल,विवश कँडेल(महेन्द्र),विमल कँडेल, लक्ष्मण गैरे, अमित सापकोटा र बिनोद कुमाललाई चयन गरिएको छ।