
काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको छ। पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ। मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रूपैयाँ कायम हुनेछ।
यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रूपैयाँ थियो।