
जापान । जापानको मियागी प्रिफेक्चरमा भएको बस दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । राती ८ः१५ बजेतिर भएको बस दुर्घटनामा परि घाईते भएका ५ मध्ये ३ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा २ जना नेपाली र एक जना जापानी नागरिक रहेको
बताईएको छ । बस एक्सप्रेस वेको बिच भागमा गुडिरहेकै अवस्थामा प्राविधिक गडबडी आएपछि रोकिए र मर्मत गरिरहेको अवस्थामा सोहि दिशातिर आएको ट्रकले ठक्कर दिएको थियो ।
जापानको मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु एक्सप्रेसवेको आउटबाउन्ड लाइनमा काममा जाने ४० जना नेपाली तथा बंगालादेशी नागरिकहरुलाई लिएर गएको बस र ट्रक ठोक्किएर दुर्घटना भएको थियो । २ जना नेपालीहरुको हिजो नै मृत्यु भएको अनौपचारिक जानकारी प्राप्त भएपनि अस्पत्ताल लगिएका उनिहरु अस्पत्ताल तथा जापानी प्रहरीले मृत्यु घोषणा गर्न बाकि रहेको थियो । तर १७ तारिख बिहान भने २ नेपाली सहित १ जपाना नागरिकको मृत्यु भएको जापानी संचार माध्यमहरुमा समाचारहरु सम्प्रेषण गरेका छन । अनौपचारिकरुपमा नेपाली समुदायले मृत्यु हुने नेपालीहरुबारे पुष्टि गरेता पनि जापानी संचार माध्यमहरुमा भने अझै मृत्यु हुने तथा घाईते हुनेहरुको पहिचान खुलाईएको छैन ।