
ओसाका जापान। नेपाली राजदुतावास जापान र गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा चार दिने घुम्ती शिविर जापानको ओसाकामा आजबाट सुरु भएको छ । शिविर उद्घाटन गर्दै जापनका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदिले यस्ता खाले शिविरले जापानमा रहेका नेपालीको लागि ठुलो राहत पुगेको बताउनु भयो, परदेशमा रहेका नेपालीहरुलाई हरेक समस्या पर्दा सहयोग सहजीकरण गर्न आफू सदैव लागि रहने बताउनु भयो । भाईचारा, सद्भाव, सहकार्य गर्दै खुशीसाथ रहन तथा राजदुतावास, नेपाल र नेपालीलाई चिनाउने काम गर्न सम्पुर्ण जापान बासी नेपालीलाई राजदुत डाक्टर सुवेदीले अनुरोध गर्नु भएको छ । घुम्ती शिविरमा राहदानी नविकरण, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण( जन्मदर्ता, अविवाहित, नाता सम्बन्ध ) गर्ने यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गरेको छ । जापान भरिनै यस्ता सेवा प्रवाह गर्न दूतावासको सहयोग सधै कार्यक्रम गरिरहने एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताउनु भयो । घुम्ती शिविर साईतामा, गुन्मा, नागोया फुकुओका, इबाराकीमा सम्पन्न गरि सकेको एनाआरएनएका क्षेत्रीय समन्वय समिती संयोजक तथा उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रम एनाआरएनएका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, उपाध्यक्षहरु महेश कुमार कटुवाल, सगिता अधिकारी, महासचिव शिद्धार्थ श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । शिविर बैशाख १६-१९ गते (अप्रील २९, ३० र मे १ र २ तारीख) सम्म चारदिन संचालन हुने दूतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले बताउनु भयो ।