
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन्। सभामुख देवराज घिमिरेले आजै ११ : ३० बजे उनीहरुलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सभामुख देवराज घिमिरेले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।