
जापान-जापानको ओसाकामा भएको उनाइसौ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा नेपालले तेक्वान्दो तर्फ दोस्रो स्थान हासिल गरेको छ। ब्ल्याक बेल्ट ४० वर्ष मुनिको खेलमा नेपालको तर्फबाट असोक खड्काले दोस्रो स्थान हासिल गर्दै रजत पदक हात पार्नु भएको छ । उहाँले ६.२७ अंक सहित जीत हासिल गर्नु भएको हो । तेस्तै नन्द बिष्टले सोही समुहको खेलमा ६.१० अंक बटुल्दै तेस्रो स्थानकाे कास्य पदक हात पार्नु भएको छ ।
यस समूहमा कम्बोडियाका खेलाडीले ६.६० अंक लिएर स्वर्ण पदक जित्नु भएको थियो । सो स्पर्धामा २४ राष्ट्रका खेलाडीको सहभागिता थियो ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले प्रतियोगितामा आइतबार ग्योरोगीतर्फ निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।
यस अघि खड्काले अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको भेट्रानमा दुईपटक स्वर्ण पदक जित्नु भएकाे थियाे ।