
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरु चलचित्रमा अभिनय गर्ने, गीत गाउने र नाच्न सक्ने बेलासम्मका लागि वाहवाही पाएपनि ज्येष्ठ नागरिक भएको बेलामा उनीहरुलाई कसैले नहेर्ने देखिएको अवस्थालाई मध्यनजर गरी सरकारले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि रणनीतिक योजना बनाएर अघि बढ्ने बताउनु भयो । उहाँले कलाकारहरुले देशको नाम विश्वमाभल पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने गरेको र तिनै राष्ट्रिय कलाकारहरुलाई भविष्यको ग्यारेन्टी नहुने दुःखद् अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कला क्षेत्रको संवद्र्धन गर्ने कुरामा राज्य गम्भीर रहेको बताउनु भयो । उहाँले आगामी दिनमा नेपाललाई फिल्म हब बनाउनतर्फ लाग्नुपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘कलाकार र कलकारितालाई नेपाली जनताले जसरी माया गर्नुहुन्छ, यसलाई आगामी दिनमा एउटा खालको विशेष रणनीति बनाएर जानुपर्छ । गीत गाउने, नाच्ने र अभिनय गर्ने बेलासम्म जीवनस्तर राम्रो चल्छ तर भोलिको हकमा केही हुँदैन । हामीलाई चाहिएको भोलिको ग्यारेन्टी हो । ज्येष्ठ नागरिक भएपछि के हो त ? राष्ट्रलाई चिनाउने कलाकारहरु ज्येष्ठ नागरिक भएपछि कसैले पनि हातोमालो गरेको देखिँदैन, यो गम्भीर चिन्ताको विषय हो । राज्यले पनि यसलाई गम्भीर बनेर लिनुपर्छ । यसका लागि एउटा रणनीति बनाएर जानुपर्छ । कलाका क्षेत्रको संवद्र्धन, जगेर्ना गर्नेकुरामा हामी सबै बसाँै । आगामी दिनमा नेपाललाई फिल्म हब बनाउने कुरामा हामी लाग्नुपर्छ । यसलाई पर्यटनको क्षेत्रसँग जोडेर अघि बढ्न सक्छौँ । राज्यमन्त्री ठकुरीले कला र संस्कृतिको क्षेत्रलाई पर्यटनसँग जोडेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।