
काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था गरेको छ ।
महानगरलाई कर तिर्न काठमाडौं डट जीओभी डट एनपी (kathmandu.gov.np) वा इसर्भिस काठमाडौं डट जीओभी डट एनपी (eservice.kathmandu.gov.np) मा लगइन हुनुपर्ने छ । त्यसपछि अनलाइन कर भुक्तानीमा क्लिक गर्ने र प्रयोगकर्ता बक्समा गएर ट्याक्स पेयर आइडी राख्नुपर्ने महानगरले जनाएको छ । आफ्नो पासवर्ड राखेर करदातामा क्लिक गर्ने त्यसपछि भुक्तानीमा क्लिक गरेर आफ्नो कुन सेवा वा क्षेत्रको कर तिर्न त्यसलाई छनौट गरी दाखिला गर्नुपर्ने छ । महानगरले आफ्नो आइडी नपाएका वा विर्षेकाहरुलाई आवश्यक कागजात र विवरणसहित सम्बन्धित वडामा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।