समाचार

जापानमा एक नेपाली युवाको मृत्यु भौतिक मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन, आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने जापानको ओसाकामा मृत भेटिएकी आरतीको छानबिनमा पहल गर्न चितवन समाज जापानले राजदुत सुवेदीलाई ज्ञापन पत्र बुझायो LIVE : नीति तथा कार्यक्रममाथिको छलफल जापानमा क्योतो कप २०२३ सम्पन्न। सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन ल्याउने चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न ईश्वरी कँडेल अध्यक्षता नयाँ कार्य समिति समेत चयन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो जापानको मियागी सहरमा बस दुर्घटनामा परेका मध्ये २ जना नेपाली तथा १ जापानीको मृत्यु बैंकको ब्याजदर घट्ने राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत नेपाली दूतावास र एनाआरएनएको ओसाकामा घुम्ती शिविर रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने | पाँच प्याकेजको व्यवस्था हटाउने तयारी प्रति महासंघको कडा आपत्ति दोलखा समाज जापानको चौथो अधिवेशन सम्पन्न रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन जापानको ओसाकामा भएको जापान खुल्ल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पार्यो म्याद थप, भुक्तानी, मोबिलाइजेशन पेश्की र मूल्य समायोजनका विषयमा महासंघद्वारा उर्जा मन्त्री बस्नेतको ध्यानाकर्षण, तेह्रौ संशोधन मार्फत समस्या समाधान गर्न माग गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस् : बालेन साह ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब | कहाँबाट जोडेर मिडियामा आएको छ : ढाकाकुमार श्रेष्ठ नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि | बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो | अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो | काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने | चैत्र २९ गते काठमाडौंमा हुने केही कार्यक्रमहरु | भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ– प्रधानमन्त्री संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण | ए डिभिजन लिगः एकै खेलमा १० गोल नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल | नापी र मालपोत कार्यालय एकीकृत गरिने | बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह | बैंकको ब्याजदर कम गर्नेबारे सकरार छलफलमा छः प्रधानमन्त्री आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने | चैत्र २८ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी भक्तपुरमा बिस्केट जात्रा शुरु | देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल चैत्र २७ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सामाजिक दायित्वहरुलाई बढाउन सकिँदैनः मन्त्री महत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएन : उपाध्यक्ष श्रेष्ठ दक्ष र योग्य व्यक्तिहरुलाई संसदीय समितिको सभापति बनाउनुपर्नेमा सांसदहरुको जोड | रास्वपाले सांसद श्रेष्ठसँग माग्यो २४ घण्टे स्पष्टीकरण | उक्त अडियो श्रेष्ठकै हो : दुर्गा प्रसाईं रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन | सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय गलत प्रयोग र अपराध छुट्टिनुपर्छः साइबर विज्ञ भट्टराई सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता | ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना | रवि लामिछाने : भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा | सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस्ः औषधि व्यवसायी निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन समुदघाट कार्यक्रम सम्पन्न । जीवित छ नेवारी संस्कृति (फोटोफिचर) लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग | विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल | तुरिया नदीमा अवैध उत्खनन हुने क्रम बढ्यो, स्थानीय सरकार मौन | पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय | कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन | नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग | सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने चैत्र २३ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | आहा ! साकुरा रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै | सन्दीपको मुद्दा भएन सुनुवाइः अन्तिम समयमा जाहेरीवालाद्वारा स्थगित | नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन महामन्त्री थापाको आग्रह | रवि लामिछानेविरूद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने | दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु | दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान | राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : मन्त्री ज्वाला निर्वाचनका लागि सहयोग माग्दै डा. वाग्लेले दिए बैँक विवरण गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छः सभामुख घिमिरे शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध होः रविन्द्र मिश्र नारायणप्रसाद दाहाल, राष्ट्रियसभा बैठकमा मदनकुमारी साह गरिमा, राष्ट्रियसभा बैठकमा १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता संसदीय समिति गठनको प्रक्रिया अगाडी बढ्ने | धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव चैत्र २१ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा | लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छः पूर्वराजा | नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार | भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

दक्ष र योग्य व्यक्तिहरुलाई संसदीय समितिको सभापति बनाउनुपर्नेमा सांसदहरुको जोड |

संसदीय समितिहरुको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै संघीय संसद सचिवालय संसदीय समिति गठनको प्रक्रियामा अगाडी बढेको छ । यससँगै समिति सभापति कुन दलले कति पाउने र क–कसलाई सभापति बनाउने भन्नेतर्फ दलहरु र सांसदहरुको ध्यान गएको छ । सांसदहरुले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रभावकारी काम गर्नसक्ने र समितिलाई गतिशिल बनाउनसक्ने मान्छे समिति सभापति बन्नुपर्ने बताउनु भयो । विगतमा राजनीतिक जिम्मेवारी नपाएकाहरुलाई समिति सभापति बनाउँ भन्ने दलहरुको धारणा हुँदा समिति निष्प्रभावि भएको उहाँको तर्क छ । सांसद पौडेलले ३ वटा समितिको सभापतिमा माओवादी केन्द्रको दाबी रहेको पनि बताउनु भयो ।  उहाँले भन्नुभयो – ‘प्रचलित मान्यता अनुसार लेखा समिति प्रतिपक्षलाई दिने चलन छ । त्यसबाहेकका नौ वटा समितिहरुमध्ये मैले बुझे अनुसार सरकारमा रहेको हुँदाखेरी र केही कानूनहरु बनाउनुपर्ने भएको हुँदाखेरी ३ वटासम्म समितिको माओवादी पार्टीले दावा गर्छ । हामी गठबन्धनमा भएको र गठबन्धन जोगाएर लिएर जानुपर्ने अहिलेको गणितिय बाध्यतालाई व्यवस्थापन गर्नुपर्ने भएको हुँदाखेरी सहमतीको आधारमा समितिको जिम्मेवारीहरुको टुंगो लगाउँछौँ । प्रभावकारी काम गर्नसक्ने, समितिलाई गतिशिल बनाउन सक्ने र प्रतिनिधि सभाका प्रश्ुतत गर्नका निम्ति आवश्यक तयारी गरेर अगाडी बढाउनसक्ने व्यक्तिहरुलाई जिम्मेवारी दिन सकियो भने राम्रो हुन्छ र विगतमा जिम्मेवारी प्राप्त नगरेकाहरुलाई जिम्मा दिने भन्ने जुन प्रकारको दलहरुले सोच्ने गरियो त्यसले गर्दा कतिपय समितिहरु निष्प्रभावि, प्रभावहिन भएको कुरापनि सत्य हो । यो पटक सदनलाई प्रभावकारी बनाउने हो भने समितिका जिम्मेवारीहरु पनि क्षमता भएका व्यक्तिहरुलाई बनाउँदा राम्रो हुन्छ । त्यस्तै माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले राजनीतिक दलहरुका बीचमा सहमतिमा सभापति चयन गर्ने कुरालाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सहमतीका आधारमा हुँदा माओवादी केन्द्रले कम संख्यामा सभापति स्वीकार गर्ने तर निर्वाचन प्रक्रियामा सभापति चयन गर्ने अवस्थामा धेरै संख्यामा दाबी रहने बताउनु भयो । उहाँले समिति सभापतिमा सक्रिय र ऊर्जाशिल व्यक्ति चाहिने बताउनु भयो । निस्क्रिय मान्छेलाई पार्टीको वरिष्ठ नेता भएको आधारमा सभापति बनाउनु नहुने उहाँको भनाई छ । वरिष्ठ नेताहरुलाई सम्मान गर्ने र कनिष्ठ नेताहरुलाई काम दिने परिपाटी बसाउन आफूहरु आवाज उठाउने उहाँले बताउनु भयो ।  उहाँले भन्नुभयो – ‘समितिको सभापति बनाउने प्रक्रियामा पहिलो हाम्रो प्राथमिकता सहमतिकै प्राथमिकता हुन्छ । सबै राजनीतिक दलहरु सहभागि भएर सहमतीबाट समिति बनाइयो भने संख्या धेरथोर हुनसक्छ । दशवटा समितिलाई हामी सबैले कमसेकम संसदमा हाम्रो जस्तो आकार छ, त्यही अनुसारको हामीले समिति सभापति प्राप्त गर्छौं । निर्वाचनमार्फत् सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दलको बिचमा फेरी निर्वाचन प्रक्रियामार्फत समिति बनेभने त्यसो गर्दा माओवादी केन्द्रको दाबी अलि बढी हुन्छ । समितिमा अलि बढी सक्रिय, ऊर्जाशिल, सोच, चिन्तन र दृष्टिकोणले पनि अलि भरिपूर्ण भएको नेतृत्व नै चाहिन्छ । त्यसो गरिएन भने हामीले विधेयकहरुलाई पूर्णता दिन सकिन्न । परिपक्व विधेयकहरु निर्माण गर्न सकिन्न । र अहिलेसम्म जे भएको छ, जो निस्क्रिय छ त्यसलाई नेतृत्व दिने भनेको जो निस्क्रिय छ त्यो सिनियर छ । सिनियर छ तर निस्क्रिय छ । हाम्रो मान्यता सिनियर छ भने सम्मान गर्ने । कनिष्ठलाई काम दिने । यो प्रक्रिया पनि हामीले नयाँ ढंगले सोच्नुप¥यो । जो योग्य छ, दक्ष छ, तर जुनियर छ भने उसलाई काम दिने । काम गर्न सक्नेलाई कार्यकारी भुमिका दिने । यो पटक समिति सभापति चयनमा हामी गम्भिरतापूर्वक वहस उठाउँछौँ, जो योग्य छ, दक्ष छ, जसले त्यो समितिको नेतृत्व प्रदान गर्न सक्छ त्यसलाई नै नेतृत्वमा चुन्नुपर्छ भन्ने हाम्रो मान्यता जबर्जस्त उठाउँछौँ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(एमाले)का सांसद राजेन्द्रकुमार राईले समितिलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सक्ने व्यक्ति सभापति बन्नुपर्ने बताउनुभयो । उहाँले योग्य र दक्ष व्यक्तिको चयन गर्नुपर्नेमा जोड दिनुभयो । अन्य राजनीतिक दलमा समिति सभापति चलाउने योग्यता र दक्षता भएकाहरु निकै कम भएको भन्दै उहाँले पाँचदेखि सातवटा समिति सभापतिमा एमालेको दाबी रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो – ‘दशवटा समितिमा हामीले आधि पाउनुपर्छ । पाँचदेखि सातवटा सभापति पाउनुपर्छ भन्ने हाम्रो माग छ । यसकारणले माग छ, हामी प्रतिपक्ष हो । प्रतिपक्ष भएको हुनाले सरकारलाई ठिक ट्रयाकमा ल्याउनका निम्ति समितिको अत्यन्तै महत्वपूर्ण भुमिका हुन्छ । र सदनलाई सञ्चालन गर्न पनि हरेक बैठकलाई व्यवस्थित गर्नका निम्ति आवश्यक पर्ने भएको हुनाले योग्यता, क्षमता भएका मान्छेहरु हामीसँग धेरै छन् । अरु पार्टीबाट देखिएका सभापति चलाउनसक्ने योग्यता, क्षमता भएको मान्छेपनि अलि कम नै भएको हुँदाखेरी हामीले धेरैवटा सभापति पाउनुपर्छ । समितिलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुप¥यो । समिति सभापतिले बैठक बसिसकेपछि सरकारलाई निर्देशन दिनुप¥यो । त्यो क्षमता भएको जनशक्ति हामीसँग छ । नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले संसदीय अभ्यास बुझेका र अध्ययनशिल व्यक्तिलाई समिति सभापति छनौट गर्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले पाँचवटा भन्दा बढी समिति सभापति पाउनुपर्ने माग गर्नुभयो ।  उहाँले भन्नुभयो – ‘संसदमा बर्तमान सरकारको कम्पोजिसन हेर्दाखेरी जति सिट संख्या छ त्यसको आदिभन्दा बढी काँग्रेसकै छ । त्यसले गर्दाखेरी नेपाली काँग्रेसको भागमा दश वटा विषयगत समितिभन्दा आधाभन्दा बढी विषयगत समितिहरु पर्नु उपयुक्त हुन्छ । उचित हुन्छ । सक्षम व्यक्तिहरु जसले त्यसको नेतृत्व सहि अर्थमा गर्न सक्छन् । जसले संसदीय अभ्यासलाई बुझेका छन् । जसले अध्ययन गर्न सक्छन् । जसले त्यसलाई प्रश्तुति गर्न सक्छन् । र सही निस्कर्ष निकाल्न सक्छन् । त्यस्ता व्यक्तिहरुलाई संसदीय समितिको नेतृत्वमा ल्याउनुपर्छ भन्ने मेरो बुझाइ छ । यता, समिति सभापति चयन गर्दा महिलाहरुको समान प्रतिनिधित्वको आवाज पनि महिला सांसदहरुले उठाइरहेका छन् । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालले दशवटा विषयगत समितिमध्ये महिलाहरुलाई ५० प्रतिशत समिति सभापति दिनुपर्ने बताउनु भयो । सो आवाज आफूहरुले पार्टीभित्र पनि राखिसकेको बताउनु भयो ।  उहाँले भन्नुभयो – ‘महिलाको प्रतिनिधित्व सभापतिमा हुनुपर्छ भन्ने हाम्रो माग छ । समिति सभापतिमा महिलालाई ५० प्रतिशत हुनुपर्छ । जब अभ्यासमा हामी जाँदैनौँ, मिनि पार्लियामेण्टमा काम गर्दैनौँ तबसम्म सिकाइ हुँदैन र अनुभव हुँदैन । हामी काम गर्न सक्दैनौँ । त्यसैले काम गर्न सक्ने क्षमता भएका महिलाहरुलाई समितिको सभापति दिनुपर्छ भनेर हामीले हाम्रो सचेतक र पार्टी सभापतिलाई भनिसकेका छौँ । नेपाली काँग्रेसकै सांसद नागिना यादवले सक्षम महिलालाई समिति सभापति बनाउनुपर्ने माग आफूहरुले पार्टीभित्र राखिसकेको बताउनु भयो । समिति सभापति चयन गर्दा समानुपातिक र समावेशि रुपमा गर्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो – ‘महिलालाई पनि सभापति दिनुपर्छ । समानुपातिक, समावेशी हिसावले लानुपर्छ । समावेशी गरिएन भने देशको प्रतिनिधित्व हुन सक्दैन । समितिमा पनि समावेशी र समानुपातिकबाट पनि महिलालाई पनि प्रतिनिधित्व गराउनुपर्छ । सक्षम महिलालाई लानुपर्छ भनेर हामीले दाबी गरिरहेका छौँ ।  सांसद यादवले  नेपाली कांग्रेसले पाँच वटा समिति सभापतिमा दाबी रहेको भन्दै त्यति पाएमा महिलालाई कम्तिमा दुईवटा समिति सभापति अनिवार्य दिनुपर्ने माग रहेको बताउनु भयो ।