
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम वहसको पेशी पुनःस्थगित भएको छ। बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएको भए पनि अन्तिम समयमा जाहेरी पक्षका वकिलले सुनुवाइ रोकेका हुन्। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर समय घर्किएको र सुनुवाइ नगर्नका लागि जाहेरीपक्षका वकिलले आग्रह गरेपछि न्यायाधीश घिमिरेले मुद्दा हेर्न नभ्याइनेमा राखेका हुन्। यसअघि गत सोमबार माधवप्रसाद घिमिरेको इजलासमा सनुवाइ हुन सकेको थिएन। माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जसकारण सन्दीपका वकिलले उनको इजलासमा परेको पेशी स्थगन गर्न माग गरेका थिए।आज घिमिरेको इजालासमा अन्तिमबाट दोस्रो स्थानमा सन्दीपको मुद्दा परेको थियो। उनको मुद्दा छैटौं नम्बरमा रहेका कारण आज सुनुवाइ अन्तिम समयमा परे पनि जाहेरीपक्षद्वार स्थगन गर्न आग्रह गरेपछि हेर्न नभ्याइनेमा राखिएको हो। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘हाम्रो पालो आएको थियो। तर जाहेरी पक्षले ढिलो सुरु नगरौं। भनेर आग्रह गर्नुभयो उहाँहरुले फस्टआवरबाटै हेयरिङ सुरु गर्नुपर्ने राय राख्नुभयो। उनले सर्वोच्चले उच्च प्रायोरिटीमा राखेर मुद्दाको सनुवाइ गर्नुपर्ने गरेको आदेशबारे आफूहरुले अदालतलाई जानकारी गराएको जानकारी दिए।