राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमती कायमै गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ । राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमती कायमै गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ । मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतीको बाटोबाटै अघि बढनुपर्ने उहाँको भनाई थियो । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘मुलुकमा विद्यमान हरेक चुनौतिबाट पार पाउन सम्भव भएसम्म राष्ट्रिय सहमती कायम गर्न सक्नु पर्दछ । यो नै राजनीतिमा देखा परेको एउटा विशिष्ट अवस्था हो । कमसेकम २०७२ सालको संविधान, यस संविधानले निर्दिष्ट गरेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक समावेशीता पक्षधरहरुबीचको राष्ट्रिय सहमती नै देशमा देखा परेको आर्थिक जटिलता अन्त्य, शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउने तथा विकास र समृद्धिलाई जन अपेक्षित गर्न यो एक मात्रै अष्त्र हो भन्ने लाग्छ मलाई । जसका निम्ति सम्माननीय प्रधानमन्त्री वर्तमान मन्त्रीपरिषदको भावना र चाहना अभिव्यक्त भईरहेको प्रष्ट बुझिन्छ । आजसम्म हेर्दा विगतका सरकारले राम्रा कामहरु गर्दैंंगर्दा कतिपय निर्णयहरु कार्यान्वयन नभएको अवस्थाले जनतामा अविश्वास पैदा हुँदै गएको छ । अहिलेको राजनीतिक परिवेशमा शान्ति प्रक्रियालाई हामीले ठिक ढंगले निरुपण गर्न सकेनौं भने यो धमिलो पानीमा माछा मार्न उद्यत प्रवृत्तिहरु देखा परिराखेका छन । विभिन्न प्रवृत्तिहरुले यो ढंगले टाउँको उठाईरहेको बेलामा हामीले यी विषयमा गम्भिरताका साथ सोच्न जरुरी छ भन्ने लाग्छ । सांसद दाहालले शान्ति प्रक्रियाका बाँकि कामलाई तार्किक निष्कर्षमा पु¥याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
