
डाक्यौ भेट्नलाई
भेटेकी रैछौ माया घाँटी रेट्नलाई
यो बोल आज अपरान्ह सार्वजनिक गरिएको गीत घाँटी रेट्नलाई को हो। जसमा स्वर चर्चित गायक रामचन्द्र चन्द र समिक्षा अधिकारीको रहेको छ भने शब्द संयोजन प्रकाश न्यौपानेले गर्नुभएको हो। मर्मस्पर्शी शब्द र कर्णप्रिय स्वर र संगीत रहेको यस गीतलाई आज्ञा क्रियसनले निर्माण गरेको हो। जसमा संगीत संयोजन नन्दु परियारले गर्नुभएको हो भने एरेन्ज चर्चित एरेन्जर विनोद बाजुरेलीले गर्नुभएको हो।
यसको म्युजिक भिडियोमा जिबी चिरन र यशु भट्टराईको मुख्य अभिनय रहेको छ। मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोलाई सिर्जन बराल ‘ऋषि’ ले निर्देशन गर्नुभएको हो।
म्युजिक भिडियो हेर्नुहोस्: