
धानमन्त्री पुष्पकमल दाहालले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गर्नुभएको छ । शुक्रवार लगानी बोर्डको कार्यलयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गर्नुभएको बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले बताउनु भयो । उहाँले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिव ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गर्नुभएको बताउनु भयो । उहाँले लगानी बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्यन ढाँचामा आवद्ध भइसकेको बताउनु भयो । उहाँले ९०० मेगावट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अधएजलाशययुक्त अपर मस्र्याङ्दी र अन्य औधोगिक पूर्वाधारहरु आयोजनाहरु पाइपलाइनमा रहेको बताउनु भयो । उहाँले यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम थियो । हामीसँग विकास क्रमका विभिन्न चरणमा भएका परियोजनाहरु,निर्माण चरण भएको परियोजना र करिव ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग अन्तरक्रिया थियो । लगानी बोर्डले लगानी स्वीकृत गरेका आयोजनाहरुको सवालमा आयोजनाको अवस्था,प्रगति,भावी कार्यदिशा र आयोजनाले भोग्दै गरेका समस्याको विषयमा जानकारी लिनुभयो । विभिन्न चरणहरु पार गर्दै निर्माण चरणमा पुगेर केही समय आयोजना व्यतित हुन्छन् । ठूलाठूला जलविद्युत परियोजना ९०० मेगावट क्षमताको अरुण ३,६७० मेगावट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अधएजलासय युक्त अपर मस्र्याङ्दी र अन्य औधोगिक पूर्वाधारहरु आयोजनाहरु पाइपलाइनमा छन् । नतिजामुखी कार्यान्यन ढाँचामा आवद्ध भइसकेका छन् । बोर्ड टाइम लाइनकासाथ क्षमता भएका लगानीकर्ता छन् । उनीहरुलाई प्राथमिकता दिएर नतिजा उन्मुख काम गरिरहेका छौं । विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर सजक हुनुपर्ने गैर उर्जा आयोजनाको सवालमा यातायातमा पूर्वाधार सुधार,उद्योगलाई मोडलनाइज गर्ने र उद्योग स्थापना गर्ने सवालमा आधारभूत पूर्वाधारको अप्राप्तता छ । अब लगानी बोर्डले त्यस्ता अमुख आयोजना जसले मुलुकको मुहार र्फेछ । आर्थिक सामाजिक विकासमा सहयोग गर्छ । त्यस्ता आयोजनाहरुको पहिचान,अध्ययन गरेर हामीले अगाडि बढाउनुपर्छ । बोर्ड भावी लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको छ । मन्त्रालय अन्तर्गत र निजी क्षेत्रमा लगानी ल्याउने विषयमा सबैसँग हातेमालो गर्न आवश्यक छ । उहाँले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले अब लगानी बोर्डले मुलुकको आर्थिक र सामाजिक विकासमा गरी मुहार फेर्नसक्ने आयोजनाहरुको पहिचान,अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले लगानी बोर्ड आगामी लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताउनु भयो ।