समाचार

आकाशेपुल निर्माणका लागि प्रदेश सभा सदस्य लामिछानेद्वारा सम्बन्धित् निकायको ध्यानाकर्षण जापानको ओसाकामा जापनी भाषामा वक्तित्वकाला प्रतियोगिता सम्पन्न सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछः अध्यक्ष नेपाल | इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा, मन्त्री श्रेष्ठको निरीक्षण प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञाः प्रहरी महानिरीक्षक कुँवर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक हुन आवश्यक छः सभामुख घिमिरे | प्रधानमन्त्री दाहाल, लायन्स क्लव इन्टरनेशनको कार्यक्रममा | रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र | केपी शर्मा ओली, रिटर्नी फेडेरेशनको कार्यक्रममा | विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा—राष्ट्रपति पौडेल चैत्र ८ गते बुधवार काठमाडौंमा हुने केही कार्यक्रमहरु समिक्षा अधिकारीले आफ्नो विगतलाई मेल खाने गित गाईन यसमा साथ दिए गल्मेली गायक रामचन्द्र चन्द (भिडियो सहित) सांसदहरू भन्छन्- महाकाली सन्धि खारेज गर्नुपर्छ | साप्राबाट निकालियो तीन किलोको ट्यूमर ७ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | साईकल ¥याली गर्दै मनाईयो विश्व मुख स्वास्थ्य दिवस (फोटो फिचर) कियाको ‘कारेन्स’ नेपाली बजारमा बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिन होटल संघ नेपाल लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि | चैत्र ६ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | नेपालसहित १० राष्ट्रबीच एसिसी प्रिमियर कप | यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? चैत्र ५ गते आईतवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | विश्वकप खेल्न अब यी टेस्ट राष्ट्रसँग भिड्नेछ नेपाल | भारतीय राजदुतावासले २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनायो | सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छः प्रमुख सचेतक गिरी चलचित्र कलाकार संघका अध्यक्षको आरोपः नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमा सिमित छन् | आरसीबीको कप्तानी छोडेको दुई वर्षपछि कोहलीले आफ्नो निर्णयबारे के भने ? काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने: गोपाल सुन्दरलाल कक्षपती ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको छलफल | महानगरले मौखिक रुपमा दरबार मार्गको पार्किङको विकल्प दिएर हुँदैनः सुन्दरलाल कक्षपती अर्को वर्ष निफ सातै प्रदेशमाः अध्यक्ष पाठक | निर्माण व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष किराँतीलाई स्टेन्थलिफटिङ्ग तर्फ स्वर्ण पदक चैत्र ३ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | २०८० सालमा ३५ दिन सार्वजनिक बिदा | कानुनका विद्यार्थीसँग केपी ओली | नेपाल निर्माण व्यवसायी महासंघको २७ बुँदे काठमाडौं घोषणापत्र जारी, भुक्तानी, म्याद थप, मोबलाइजेशन पेश्की र जुनसकै अवधिको निर्माण कार्यको मूल्य समायोजन मुख्य माग सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा सांसदहरुको जोड | हिन्दु विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन सरकारसँग निर्माण व्यवसायी महासंघको २७ बुँदे माग | निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैनः सचिव पोखरल | ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना चैत्र २ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | नेपाल र यूएईबीच हुने खेलका लागि ; ११ हजार टिकट बिक्री ‘भीरमा टुनी छ’ बजारमा बोलको गित गायक विक्रान्त पोखरेलको सर्वोच्च अदालतले सांसद मनाङेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको फाइल खोज्यो | चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा | चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ | डिसकभरी सपोर्ट्ले अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वकतृत्व कला प्रतियोगिता आयोजना गर्ने जीप छिरिङ लामा शेर्पालाई एफक्यान ग्लोरी अवार्ड, महत्वपूर्ण दुई विधामा कालिका कन्स्ट्रक्शन उत्कृष्ट नेपाल निर्माणव्यवसायी महासंघको २४ औं साधारण सभाको प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन,अर्थतन्त्र चलायमान बनाउने तर्फ सरकारको ध्यान केन्द्रितभएको भनाइ अभिनवको २२ औं वार्षिकोत्सव समारोह सम्पन्न वरिष्ठ पत्रकार/समाजसेवी रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको सहयोग महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै यातायात व्यवसायीहरुले अनुभुती गर्ने गरि काम गर्ने प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठको प्रतिबद्धता तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग गौतम र श्रेष्ठको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा दुई टिमको घोषणा थप तीन ठाउँमा फ्लाई–ओभर निर्माण गर्न अध्ययन हुँदै | बुद्धनगर आगलागी घटना : यसरी जले सांसद भण्डारी र आमा व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ? सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी | पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु | गुल्मीको रोचक बिवाहा : एक युवती द्वारा दुई दिनमा दुई जना संग बिवाह | प्रधानमन्त्री :गठबन्धन बचाउनुपर्छ, हामी फेरि छलफल गर्छौँ | विदेशबाट विद्यार्थीहरु ल्याउने गरी नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिन्छः शिक्षामन्त्री खनाल | गभर्नर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपुरणीय क्षति : अर्थमन्त्री | एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी | रास्वपाका सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै | आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्न निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ | रविले चितवनका किसानलाई भने: भेट्न आउँदैछु | सांसद रिहाईका लागि नागरिक उन्मुक्तिको प्रदर्शन | प्रदेश र स्थानीय तहका कर्मचारीलाई प्रतिस्पर्धामा उमेर हद नलगाउन अन्तरिम आदेश | गम्भीर अवस्थामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छः प्रधानमन्त्री | राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै आत्मदाहकाे प्रयास | ( भिडियाेसहित ) प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु | व्यवसायीलाई कस्ने नीति नलिन बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह | रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग | गौतम अडानीलाई उछिन्दै मुकेश अम्बानी पुन: बने एसियाकै धनाढ्य, अडानीको सम्पत्ति लगातार ओरालो | गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई यही संविधान र संसदले टुंग्याउन सक्छ: ज्ञानेन्द्र शाही क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन | बाइक र स्कुटर पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्दै सरकार | लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल | रविलाई गृहमन्त्री बनाउन किन चाहँदैनन् प्रचण्ड? प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता | वडा १७ बाट नागरिक विद्युतीय सुशासन सेवा प्रारम्भ | बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु | गृह मन्त्रालयबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै | भुवने डाँडामा निर्माण भएको मन्दिरमा भीड | रवि लामिछानेले आइतबार नेपालको नागरिकता लिने | सर्भर डाउन हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान सुचारु | भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु |

महानगरले मौखिक रुपमा दरबार मार्गको पार्किङको विकल्प दिएर हुँदैनः सुन्दरलाल कक्षपती

दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताउनुभएको छ ।
पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबार मार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको बताउनु भयो । उहाँले बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने बताउनु भयो । उहाँले सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प नदेखेको दाबी गर्नुभयो । कक्षपतीले दरबारमार्गको पार्किङको विकल्पहरु निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने बताउनु भयो ।
प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग सुनसान
संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ ।  दरबार मार्ग सुनसान हुनु विगत लामो समय अघिदेखि सडकको एक लेनमा सवारी पार्किङ हटाउनु प्रमुख कारण देखिएको छ । भिभिआइपी, भिआइपी’ देखि सर्वसाधारणको केन्द्र हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले जे गरिरहेका छन्, त्यो राम्रैका लागि राम्रै सोचेर गरेका होलान् । तर, दरबारमार्गको पार्किङको विषयमा उहाँले राम्रोसँग बुझ्नुभएन जस्तो लागेको छ । जसले उहाँलाई यो ठाउँबारे बुझाउनुपर्ने हो, त्यसमा उल्टो बुझााएको निस्कर्ष हाम्रो हो । दरबारमल, अन्नपूर्ण होटलमा पार्किङको वैकल्पिक व्यवस्था गरेको छ भनेरमात्र पर्याप्त हुँदैन । दरबामार्गको व्यापारका लागि त्यति ठाउँको पार्किङले पुग्दैन । अहिले यहाँको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ हो । यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्छ । अन्न्पूर्ण होटलले स्विमिङ पुल भाडामा दिएर सञ्चालनमा ल्याइसकेको अवस्थामा त्यहाँको पार्किङ बाहिरका लागि सम्भावना नै हुँदैन । यस्तो बेलामा महानगरले वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन । अहिले ग्राहकको दरबारमार्गप्रतिको धारणा नै नकरात्मक भइसकेको छ । कसैले दरबारमार्गमा जाउ वा आऊँ भने त्यहाँ पार्किङ छैन भनेर अन्य ठाउँ जाने निधो गर्न थालिसकेका छन् । अर्थात, दरबारमार्ग आउने ग्राहकको गन्तव्य नै परिवर्तन हुन थालेको छ । जसका कारण यहाँको व्यापार–व्यवसाय सुस्ताएको छ ।
महानगरले मौखिक वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन
पार्किङको लागि दरबार मार्गका व्यवसायीहरुलाई छ । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएदेखि अहिलेसम्म कुनैपनि विकल्प दिएको छै्रन । दरबारमार्ग विकास बोर्डले बारम्बार पत्राचार गरेको छ । मेयरसँग भेट गरेर छलफल गर्न समेत समय दिनुभएको छैन । भेट नदिएपनि पत्राचार गरेर दरबारमार्गको पार्किङको लागि विकल्प यो छ भनेर भन्नुपर्छ । अथवा दरबारमार्ग विकास बोर्डलाई बोलाएर तपाईहरुको मागलाई यसरी समाधान गर्छौं भनिएको भए समस्या समाधान हुने थियो । सञ्चारमाध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प देखेका छैनौं । कहाँ छ विकल्प दिनुभएको छैन । दरबार मार्गको पार्किङको विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्ड पार्किङ छ भनेर हुन्छ । त्यो कसैको निजी हो । कसैको निजीमा पार्किङ गर्ने अधिकार हुँदैन । दरबार मार्गको पार्किङको विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड होइन । त्यो दीर्घकालिन विकल्प पनि होइन । काठमाडौंमा मेयरलाई विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्ड पार्किङ गर भन्ने अधिकार छैन । मेयरको अधिकार प्रयोग गरेर विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्डमा दरबारमार्गमा जाने मानिसहरुले सार्वजनिक रुपमा पार्किङ गर्न पाउँछ भनेर पत्राचार गरेको भए व्यवसायी ढुक्क हुने थियौं । मौखिकको भरमा विकल्प दिएर हुँदैन ।
दरबार मार्ग व्यापारीक मात्रै नभइ सामाजिक केन्द्र हो 
काठमाडौं महानगरपालिका मेयरले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गर्नु राम्रो भएको छैन । दरबारमार्गको सडकमा पाँच वटा लेन रहेको छ । एकातिरबाट आउने दुई  र अर्कोतर्फ ३ लेनको सडक रहेको छ । तीन लेन भएको ठाउँमा दुई लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर पार्किङको व्यवस्था गरेको हो । पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या भएको छैन । तर मेयरलाई अकस्मात दरबारमार्गको पार्किङले के समस्या भयो व्यवसायीहरुले बुझ्न सकेका छैनौं । महानगरको निर्णय प्रविधिक रुपमा पनि राम्रो हो जस्तो लाग्दैन । दरबार मार्ग विकास बोर्डको कुनैपनि माग छैन । विगतमा एक लेनमा गर्दै आएको पार्किङ व्यवस्था निरन्तरता होस् भन्ने हो । दरबार मार्ग पसलहरु मात्रै होइन । यहाँको आफ्नै एतिहास रहेको छ । दरबार मार्ग १९६१ मा बनेको संरचना रहेको छ । दरबार मार्ग सामाजिक केन्द्र हो । दरबार मार्गमा पसलमा सामान खरिद गर्न मात्रै नभएर मनोरञ्जन,पर्यटक गन्तव्य, काठमाडौंको राम्रो डाउनटाउन भनेकै दरबार मार्ग हो । दरबार मार्गलाई सरकारले प्राथमिकता दिनुपर्छ । दरबार मार्ग पसलहरुको केन्द्र मात्रै नभएर एतिहास बोकेको सामाजिक केन्द्र हो ।
६० प्रतिशत व्यापार घट्यो
महानगरले पार्किङ नहटाउँदा पनि दरबार मार्गमा सवारी, मानिसहरुको जमघट भइरहेकै थियो । व्यवसाय पनि राम्रोसँग चलिरहेको थियो । महानगर पालिकाका मेयरले शान्त भएको तालमा ढुङ्गाले हान्ने काम गर्नुभयो । महानगरले दरबार मार्ग विकास बोर्डसँग समन्वय गरेर दरबार मार्गलाई कसरी राम्रो बनाउने भनेर समन्वय गरेको भए सुनमा सुगन्ध हुने थियो । तर महानगरले उल्टो काम गरेको छ । भइरहेको संरचनालाई बिथोलेर व्यवसायीहरुलाई मारमा बनायो । त्यसले दरबार मार्गमा सामाजिक,आर्थिक प्रभाव भयो । अहिले दरबार मार्ग जानेहरुले पार्किङ नै छैन भनेर जाने सोच बन्द गरेका छन् । आर्थिक प्रभाव परेको छ ।  सयौं पसलहरु छ । पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको छ । दरबार मार्गका व्यवसायीहरुले अब दुई पटक सोच्न बाध्य भएका छन् । व्यवसायीहरुले घरभाडा,कर्मचारीको तलब लगायत दिन समेत समस्या आएको छ । यसले व्यवसायीलाई मार पार्ने मात्रै नभएर सरकारलाई समेत प्रभाव परेको छ । सरकारको राजश्वमा समेत प्रभाव प¥यो । महानगरले दरबार मार्गको पार्किङ हटाउँदा कति प्रभाव परेको छ भन्ने कुरा मेयरले थाहा नपाउनु दुःखको कुरा हो ।
 राज्यले नागरिकहरुलाई  दिने सुविधा मध्ये एक हो पार्किङ
पार्किङ राज्यले नागरिकहरुलाई  दिने सुविधा मध्ये एक हो । विश्वका जुनसुकै देशमा नागरिकलाई त्यस्तो खालको सुविधा दिएको छ । दरबार मार्गमा पार्किङको सुविधा व्यवसायीलाई नभएर नागरिकको लागि आवश्यकता हो । दरबार मार्गका व्यवसायीको आवश्यकता हो भन्ने भ्रम पर्नु हुँदैन । पार्किङ सुविधालाई नागरिकले पाउनुपर्ने सुविधाको रुपमा हेर्नुपर्छ । दरबार मार्गका व्यवसायीहरुलाई सडकमा पार्किङ आवश्यकता भयो भन्ने लागेको भए त्यो गलत हो । त्यो सुविधा हुनुपर्ने शहरको स्थान दरबार मार्ग पनि एक हो । विगत लामो समयदेखि दरबार मार्गका त्यही अनुसारको योजना बनाएर काम भइरहेको थियो । काठमाडांैंको चार लेन सडकको मापदण्ड भित्र बसेर माग गरिरहेका हौं । सडक दुई वा चार लेन भएको भए दरबार मार्गमा पार्किङको माग राख्ने थिएनौं । महानगरले पार्किङ हटाए पनि के भयो । त्यो ठाउँ खालि रहेको छ । अहिले दरबार मार्ग मरुभूमि जस्तै भएको छ । दरबार मार्गको पहिलाको माहोल जुन थियो । जुन संरचना थियो त्यसको महानगरले हत्या ग¥यो । दरबार मार्गमा ठूला अण्डरग्राउण्ड गर्ने ठूला घरहरु धेरै छैनन् । चार आनामा बनेका घरमा कसरी अण्डरग्राउण्ड पार्किङ कसरी बनाउने , मेयरलाई दरबार मार्गको अवस्था नै थाहा पाउनुभएको छैन ।  उहाँलाई दरबार मार्गको संरचना  र अवस्थाको विषयमा थाहा नै छैन । उहाँल कसैले भनेको भरमा निर्णय गरिदिनु भयो । विडम्बनाको कुरा यहाँ छ । दरबारमार्गको सडक पार्किङ व्यवसायीको मात्रै माग होइन । व्यवसायीहरु संग्लन भएका छन् । यहाँ पार्किङको सुविधा हुनु नागरिकको माग हो । महानगरले दरबार मार्गमा कुनै पार्किङको विकल्प दिए व्यवसायी खुशी छौं । अहिले भइरहेको पार्किङ भन्दा बढी क्षेत्रमा पार्किङ गर्ने व्यवस्था गरे व्यवसायीहरु खुशी हुन्छौं ।