
जापान । विगत १० वर्ष देखि विदेशीहरुको भिसा प्रक्रियामा सहयोग गर्दै आएको डिसकभरी सपोर्ट्ले अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वकतृत्व कला प्रतियोगिता आयोजना गर्ने भयको छ । यहि वर्षबाट छात्रवृत्ति लगायत विभिन्न पुरस्कार सहित विभिन्न देशका बिद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले २०२३ मार्च २५ का दिन जापानको ओसाकामा अध्ययनरत विदेशी बिद्यार्थीहरु बिच जापानिज भाषामा म र जापान भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता( Japanese language speech contest२०२३) आयोजना गर्न लागेको व्यहोरा डिस्कभरी सपोर्ट्का प्रतिनिधि लाक्पा दोङले बताउनु भयो ।
उक्त प्रतियोगितामा नेपाल र बांगलादेश भियतनाम, फिलिपिन्स लगायतका प्रतियोगिहरु रहेको र प्रतिस्पर्धीलाई फारम भर्न समेत उहाँले बताउनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार जापानी यन, भिसा सपोर्ट, वर्किङ सपोर्ट, द्वितीय पुरस्कार रु. ३० हजार जापानी यन, भिसा सपोर्ट, वर्किङ सपोर्ट, तृतीय पुरस्कार रु १० हजार जापानी यन, भिसा सपोर्ट, वर्किङ सपोर्ट र सान्तोना अन्य धेरै पुरस्कारहरु पनि रहेको छ ।