
काठमाडौं । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले यातायात व्यवसायीहरुले अनुभूति गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तराई यातायात व्यवसायी संघको राजधानीमा सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा तथा छैटौं अधिवेशनको शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यातायात क्षेत्रको समस्यहरु बारे आफू जानकार भएको र सबै कुरा एकैपटक समाधान गर्ने नसकिए पनि सरकारसँग समस्यहरुको समाधानका लागि आफुले सदनमा समेत आवाज उठाउने बताउनुभयो । यातायात क्षेत्रको समस्य समाधानका लागि सधै आफू व्यवसायीहरुको साथ रहँदै आएको र अब पनि सगै रहने बताउनुभयो । पूर्व मन्त्री श्रेष्ठले बीमा नीति समयनुकूल परिमार्जन हुन नसकेकाले यातायात व्यवसायीहरुले अनेक उलजन भोग्नु परेको र विमा निति परिमार्जन गर्ने पहल गर्ने समेत जनाउनुभयो ।
साधारणसभालाई सम्बोधन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष , हिरालाल श्रेष्ठले तराई यातायात सघ महासघको राम्रो सस्था मित्र पर्ने भएकाले आगामी दिनमा अझै उत्कृष्ट काम गरेर देखाउने अपेक्षा आफुले गरेको बताउनुभयो ।
संघका अध्यक्ष श्रेष्ठले भारतीय ट्रकको नेपालमा निर्वाध प्रवेश र ओभरलोडका कारण नेपाली व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको यसलाई रोकेर नेपाली व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने सरकारसंग माग गर्नुभयो ।
सरकार ट्रक व्यवसायीहरुको मागमा आजसम्म पनि गम्भीर नभएको गुनासो उहाँले गर्नुभयो । अब ढुवानीलाई थप व्यवस्थित गर्ने तर्फ ट्रक महासघ लागि रहेको र यातायात व्यवसायी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको उहाँले बताउनुभयो । तराई यातायात व्यवसायी सघको स्थापना २०६१ सालमा भएको थियोे ।