
गुल्मी । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्री ज्यू को अध्यक्षता तथा तिलोत्तमा नगरपालीका नगर प्रमुख रामकृष्ण खाण ज्युको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालीका वडा नं ३ का अध्यक्ष कल्याण पौडेल, वडा नं ४ का हरि वहादुर क्षेत्री, वडा नं ६ का अध्यक्ष गणेश पाठक, वडा नं २ का सदस्य डोल बहादुर ज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थीयो ।कार्यक्रममा नेपाल सरकारका पुर्ब उपसचिव देबेन्द्र बहादुर कार्की पनि उपस्थिती रहेको थियो।
सो अवसरमा गुल्मी चारपला रुपन्देही सम्पर्क समाजमा वाड नं ७ का संयोजक राजेश के सीले स्वागत मन्तब्य राख्नु भएको थियो । यस्तै वाड नं ३ का अध्यक्ष कल्याण पौडेल पनि सस्थाको विकासमा वडाको पनि साथ रहने बताउनु भयो। यस्तै नगर प्रमुख खाणले सस्थालाई तिलोत्तमाले हरेक कार्यक्रममा सहयोग गरि सस्थालाई जग्गा प्रदान गर्नको लागि पनि सहजिकरण गर्ने वताउनु भयो ।
वनभोजको अवसरमा घैटो फोड , सियोमा धागो , चियर रेस , तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको वनभोज कार्यक्रम संयोजक काजीमान टण्डनले बताए ।यस्तै घैटों फोड प्रतियोगीतामाँ सस्थाका आजीवन सदस्य भानु खत्री प्रथम हुनु भएको थियो । सियो धागो खेलमा १५ जनाको सहभागिता रहेको उक्त खेलबाट प्रथम धन बहादुर थापाको जोडी, द्वितियामा वाड न ७ का वडा संयोजक राजेश के सी को जोड़ी, चियर रेस खेलमा ३२ जनाको सहभागिता रहेकामा उक्त खेलबाट प्रथम स्थान समुन्द्र थापा र दृतियामा अनु रिजालहुनु भएको थियो चारपाला रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा खेल संयाेजक बल वहादुर कार्की रहनु भएको थियो ।
यस्तै वनभोज कार्यक्रममा लोक तथा दोहोरी गायक नारायण विपि परियार र विष्णु सिरपालिले गित गाएर चारपालावासीहरुलाई नचाउनु भएको थियो । कार्यक्रममाँ नित्य प्रस्तुत गर्ने पिन्सा कार्कि , एजिस्ना पौडेल,एलिना केसी लाई पनि पुरस्कार प्रदान गरियो ।
यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि लगायतको उपस्थिती थियो । यसैगरी समाजका आजीबन सदस्य सहित ३ सय जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रम संस्थाका सचिव विकास टण्डनले संचालन गर्नु भएको थियो।