
काठमाडौँ |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। लामाे समयदेखि आफूले सिधाकुरा जनतासँग नगरेकाे भन्दै सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्न लागेकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनका अनुसार सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने तयारी छ।