
काठमाडौं
गत पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिए। त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार नहुन्जेलका लागि सरकारको प्रवक्ताको जिम्मेवारी लिन गृहमन्त्री समेत रहेका लामिछानेलाई आग्रह गरेका थिए। तर, प्रधानमन्त्री प्रचण्डको उक्त प्रस्ताव लामिछाने ठाडै अस्वीकार गरिदिए। लामिछानले अस्वीकार गरेपछि उक्त जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई दिइएको थियो।