
धरान। धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनामा डोजर चलाएको छ। आइतबार धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको हो। संरचना भत्काउने क्रममा केहीबेर स्थानीय र प्रहरीको झडप भएको थियो। स्थानीयको ढुंगामुढाले डोजरको सिसा फुटेको छ। नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा उपमहानगरपालिकाको टोलीले अवैध संरचना भत्काएको हो। पछिल्लो समय धरानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य बढ्दै गएपछि महानगर आक्रामक बनेको छ। उपमहानगरपालिकाले पटक पटक सूचना टाँस गरे पनि अटेर गरेपछि संरचना भत्काउनु परेको नगर प्रमुख हर्कराज साम्पाङ राईले जानकारी दिए।