
काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको बताएका छन् | आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर पक्षको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस प्रतिपक्षमा बस्नुपर्नेमा जोड दिए। हामीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्यौ। तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन,’ उनले भने, ‘बहुमतको निर्यण मान्नुपर्ने बाध्यता भयो। विश्वासको मत दिन हुँदैन थियो । त्यस्तै नेता डा चन्द्र भण्डारीले स्थानीय र संघको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएको उल्लेख गर्दै चुनावी गठबन्धनलाई टिकाउन नसकेको बारेमा समेत छलफल भएको बताए।