
गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका १० मा रहेको रेसुङ्गा विमानस्थल सञ्चालनका लागि सवै पक्षबाट सहयोगकाे अपेक्षा रहेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति तथा रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थीले बताएका छन् । करिब १४ बर्षमा निर्माण कार्य सकिएको विमानस्थलमा पाैष २४ गते परिक्षण उडान गरेको हाे । परिक्षण उडान पश्चात् मेयर पन्थी गुल्मी जिल्लाका १२ ओटै स्थानीय तह प्रमुख उपप्रमुख छिमेकी जिल्ला अर्घाखाँचीका स्थानीय तहलाई पनि नियमित विमान उडानका लागि आग्रह गरेका छन् । मेयर पन्थीले शनिबार नगरपालिकामै जिल्ला समन्वय समिति प्रमुख र धुर्काेट,छत्रकाेट,चन्द्रकाेट इस्मा गाउँपालिका अध्यक्ष र कालिगण्डकि गाउँपालिका उपाध्यक्षलाई जिल्लामा रहेको याे गाैरवकाे याेजना रेसुङ्गा विमानस्थलमा विमान नियमित सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । आग्रह पश्चात् सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने जिल्ला समन्वय समिति प्रमुख र स्थानीय तह अध्यक्ष उपाध्यक्षले बताए । विमान नियमित सञ्चालनका लागि ट्रमिनल भवन भित्रका आन्तरिक कामहरु सकेर छिटै सञ्चालन हुने मेयर पन्थीले बताए ।