
काडमाडाैँ- उपसभामुखकाे उम्मेदवार टुंगाे लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले बसिरहेकाे छ। शुक्रबार बिहान ९ बजे बस्ने भनिएकाे बैठक केही ढिला गरी सुरु भएकाे हाे। सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ। रास्वपाले सांसद साेबिता गाैतमलाई उपसभामुखकाे उम्मेदवार बनाउने निश्चितजस्तै छ। सोवितासँगै चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर पनि उपसभामुखका लागि आकांक्षी छन्। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनाेनयन दर्ताकाे कार्यसूची छ। उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुनेछ। प्रतिनिधिसभा सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ। गौतमलाई उम्मेदवार बनाउन संविधानको उक्त व्यवस्थाको समेत सम्बोधन हुनेछ।