
काठमाडौँ – एमाले सांसद सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकपछि सञ्चारकर्मीसँग उनले राष्ट्रपतिका लागि राजनीतिक दलले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए। एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा छ। उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्न सक्ने बताए। उनले राष्ट्रपति बन्न अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए। उनले प्रतिनिधि सभामा निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए।