
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चुनावमा सबै दलहरुबीच सहमति भए राम्रो हुने बताएका छन्। बिहीबार प्रतिनिधिसभाका सभामुखमा नेकपा एमालेका देवराज घिमिरे विजयी भइसकेपछि संसद भवनबाहिर प्रधानमन्त्रीले यसो भनेका हुन् । सभामुखको निर्वाचन सत्ता साझेदार एकै ठाउँमा उभियौँ। हामी सत्ता साझेदार एकै ठाउँ उभिएर जितायौँ’, उनले भने प्रमुख प्रतिपक्षले पनि उठायो, तर विजयी बहुमतले घोषणा भयो । उनले राष्ट्रपतिका लागि अझै समय बाँकी रहेको भन्दै समझदारी बने राम्रो हुने उल्लेख गरे। राष्ट्रपतिको कुरामा अझै समय बाँकी छ’, उनले भने, ‘हामी अझै कोसिसमा छौँ। सत्ता साझेदार र अन्य दलबीच पनि समझदारी भए हुन्थ्यो। मैले पनि एउटा कुनै समझदारी बने हुन्थ्यो भनिरहेका छौँ।