
काठमाडौँ–माघ ४
मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा अनिवार्य रुपमा सरकारी कर्मचारी राख्नुपर्ने भएको छ। विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको हो। बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्मा जानकारी दिईन्।