
दोलखा/बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले लेखक/साहित्यकार रविन्द्र तमाङलाई बिष्णुलक्ष्मी÷तुलसिमाया साहित्य सम्मान– २०७९ बाट सम्मानित गरिएको छ । सो अवसरमा प्रदेय साहित्यिक पत्रिकाको १२ औ अङ्क सार्वजनिक गरिएको छ ।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पत्रकार चिरञ्जीवी मास्केले आफ्नो स्वर्गिय आमाहरु बिष्णुलक्ष्मी श्रेष्ठ र तुलसिमाया श्रेष्ठको सम्झनामा स्थापना गर्नु भएको बिष्णुलक्ष्मी÷तुलसिमाया साहित्य सम्मान– २०७९ बागमति प्रदेशका सांसद भरत बहादुर केसीले तमाङलाई प्रदान गर्नु भएको थियो ।
१० हजार राशिको उक्त पुरस्कार हरेक बर्ष माघ १ गते साहित्य, कला र संस्कृतिको क्षेत्रमा कलम चलाउने दोलखाका एक जना लेखक÷साहित्यकारलाई प्रदान गरिदै आएको छ ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद भरत बहादुर केसी, भीमेश्वर नगरपालिका दोलखाका नगर प्रमुख इश्वर नारायण मानन्धर, मेलुङ गााउपालिकाका अध्यक्ष हिराकुमार थोकर, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, मेलुङ गाँउपालिकाको उपप्रमुख गायत्री आचार्य, पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, जिल्ला अध्यक्ष दीपशङ्कर चौलागाई, दोलखा साहित्य प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठ, पुरस्कार समितिका सचिव जीवन लामा, सदस्य विनिता शिवाकोटी, पुरस्कृत लेखक रविन्द्र तमाङ र साहित्यकार जीत कार्कीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।