
गुल्मी, कार्तिक १४ । राजनीतिको ‘र’ नसिक्दै आफ्ुलाई विद्यार्थी नेताको परिचय दिदै हिड्ने गुल्मीका एक युवक आफ्नै सांस्कृतिक बिचलनका कारण आफैले जन्माएको एक राजनैतिक दल त्याग्न बाध्य भएका छन ।
उनि हुन मुसिकोट नगरपालिका –३ जलुके गाउँका सुनिल न्यौपाने । जसलाई स्थानीयवासीले अनलाईनकर्मी र युट्युवरको रुपमा समेत चिन्ने गर्दछन् । उनि माओवादी केन्द्र निकट विद्यार्थी संगठनमा थिए ।
उनले एकातिर संगठनको आडमा त अर्कोतिर य्ुट्युव लगायतको सामाजिक सञ्जाल मार्फत बिशेषतः जनप्रतिनिधीहरु र ठेकेदारहरुलाई धम्काउने त कसैलाई फकाउँदै पैसा अशुल्ने गरेको माओवादी केन्द्रले सुँईको पाए पछि कार्बाहीका लागि वडा देखि नगर कमिटीले जिल्ला र प्रदेश कमिटी संग मौखिक सिफारिस गरिसकेको बेला उनि त्यस भन्दा अघि नै एमालेमा प्रवेश गरेको माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल बताउँनु हुन्छ ।
उहाँले भन्न्ु भयो–‘ विज्ञप्ती लेखेरै उनको हर्कत बाहिर ल्याई दिउँकी जस्तो लागेको थियो तर त्यस्तालाई केह महत्व दिनु भैगो भनेर मात्रै वास्ता नगरिएको हो । तै पनि मिडियाले सोधी हाल्नु भयो , उनलाई आफ्नै सांस्कृतिक बिचलनले खाएको हो , अन्ततः जो जसले प्रहरीमा कोचे उनैहरु संग आत्मा समपर्ण गर्न गए उनि । ’
उहाँका अन्ुसार सुरुमा उनले युट्युव चलाउँदा चलाउँदै पत्रकारिता गर्छु भने । त्यसमा उनी टिक्न नसके पछि गाउँमै बसेर अखिल क्रान्तिकारी मुसिकोटको अध्यक्ष भई संगठन बनाउँछु भने । भर्खरको य्ुवा केहि गर्छु भन्ने लागेर पार्टीले उनलाई अवसर दियो । तर दिईएको त्यो अवसर उनका लागि बिरालोलाई सिध्राको नासो जस्तै बन्यो ।
उनले उक्त बिद्यार्थी संगठनको सम्मेलन गर्छु भनेर विभिन्न विद्यालयहरुमा चन्दा आतंका मच्चाए । ठेकेदार देखि विभिन्न ब्यक्तिहरु संग पनि पैसा उठाए । तर सम्मेलन झारा टराई आफु ब्यक्ति भने होटलको खानापिनमा रमाई हुन थाले पछि पार्टीले उनलाई निगरानी गरी राखेको सोा पार्टीका अन्य नेताहरु पनि बताउँछन् । त्यस्तै जापान लगायत विभिन्न मुलुकमा रहेका माओवादी निकट प्रवासी ससंगठनका नेताहरु संग पनि सहयोग रकम र विभिन्न सरसामानहरु पठाउन पटक पटक दवाव दिने गरेको त्यहाँका नेताहरुले बताउँदै आएका छन् ।
त्यही सांस्कृतिक विचलन कै क्रममा उनले स्थानीय तहको निर्वाचन नह्ुँदै मुसिकोट वडा नम्वर ३ का वडा सदस्य सरस्वती घिमिरेलाई फेशबुक मार्फत अश्लिल शब्द समेत प्रयोग गर्दै गाली गलौज गरे । घिमिरे जस्तो प्रतिष्ठीत महिलाले त्यो सहने कुरै थिईन । उनि बिरुद्ध प्रहरीमा उजुरी प¥यो । उनलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा तीन दिन सम्म थुन्यो ।
घिमिरे सहित एमाले नेताहरु संग माओवादी केन्द्रका नेताहरुले सहजीकरण गर्दै उनलाई माफी मगाएर छाडेका थिए । तर बैगुनी सुनिले पार्टीले लगाएको त्यो गुन भुलेर उनि उनैहरु संग आत्मा समपर्ण गर्न प्ुगे एक नेता भन्छन बिर्सियो गुन ? भनेर प्रश्न गर्दा सुनिलले भने के गरुँ म घेराबन्दीमा परें ।
श्रोतका अनुसार उनले एमाले निकट केहि ठेकेदारहरु संग सहयोगका नाममा ‘खर्चपानी’ अश्ुल्नृ गर्दथे । त्यस बापत युट्यवमा निर्माण कार्यको बढाई चढाई गरेर भिडियो राखी दिने गर्दथे । त्यही क्रममा उनी माओवादी नेताहरु उपभोक्ता समितमा रहेको एक मोटरबाटोमा पनि १० हजार माग्न गए । त्यस पछि भने पार्टीमा उनको उदेलीको दिन सुरु भएको थियो ।
एमालेमा प्रवेश गनर््ुको तीन महिना अघि देखि उनले स्काई अनलाईन सुचना केन्द्र दर्ता गरी म्ुसिकोट नगरपालिका संग जोडिने तयारी गरी सकेका थिए । त्यस मार्फत विभिन्न आर्थिक लाभ लिने प्रलोभनमा परेको ह्न सक्ने र बिशेष गरी ठेकेदारहरुबाट गोप्य रुपमा अशुल्ने गरिएको खर्च पानीनै घेराबन्दीको कारक बनेको माओवादी स्थानीय कार्यकर्ताहरुको ठहर छ ।
उनले पनि एमाले प्रवेश कार्यक्रममा अन्य केहि कारण नभई म्ुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेललाई बनाईएका कारण आफु एमाले प्रवेश गरेको प्रतिकृया दिएका छन । ‘ह्ुन पनि जो जसले उनको सांस्कृतिक र आर्थिक बिचलन बिरुद्ध कार्बाहीको चेतावानी दिएका थिए उनैलाई अध्यक्ष बनाए पछि उनले त्यसो नभनुन पनि कसरी ? त्यस नगर कमिटी सचिवालय सदस्य तथा जिल्ला सदस्य दुर्गा खड्का भन्छन–‘ जसलाई हामीले राजनीतिका ‘ र’ सिकाउँदै यहाँ सम्म ल्याऔ उनैले अहिले आफु भन्दा पुरानालाई राजनीतिक सिकाउँदै पार्टी प्रवेश गराउने अभियान चलाउँदै हिड्दा लाज लागेको छ ।
‘गएको चुनाव तका एउटी त्यस्तै महिला माओवादीबाट एमालेमा गईन तर सो पार्टीलाई पनि घाँडो आईलोगे जस्तो भयो र उनी यता न उताको अवस्थामा प्ुगेकी छन् । न्यौपाने पनि त्यस्तै घाँडो नबन्ुन आफ्ुलाई सुधार गरुँन ’ उनको उज्वल भबिश्य बनोस उनका एक आफन्तले भने –‘ एमालेका नेताहरुले उनलाई सुधार गरेर राम्रो मान्छे बनाउन भन्ने आग्रह छ । ’ सायद राम्रै बनाउन खोजेर होला निर्वाचन आचारसंहिता विपरित एमाले नेताहरुले उनै न्यौपानेलाई अगाडी सारेर मोटरबाटाहरुमा डोजर चलाई रहेका छन् । सायद राम्रै बनाउन खोजेर होला निर्वाचन आचारसंहिता विपरित एमाले नेताहरुले उनै न्यौपानेलाई अगाडी सारेर यति बेला धमाधम मोटरबाटाहरुमा डोजर चलाई रहेका छन् ।