images
images

समाचार

गुल्मीको अर्बेनीमा पुनः मतदान सुरु बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक काठमाडौं ७ मा घण्टी अगाडि, लौरो दोस्रो गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान शुरु रवि सिंह ईफाप्काको अध्यक्षमा चयन धुर्कोटमा एमाले उपाध्यक्ष सहित ६५ जना माओवादीमा प्रबेश नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्ट्रशंघिय जनसंख्या कोषले राहात वितरण (फोटो सहित) राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प : अध्यक्ष ढकाल ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्सको राजधानी मालेमा शुरु बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा केयर बाल गृहलाइ आर्थिक सहयोग ४५ औं ईफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान को रहेछन शेषकान्त ? बल्ल चिन्दै एमाले गुल्मी २ को सत्ता गठबन्धनमा २०६४ को जनलहर ‘निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति, निर्माण व्यवसायी र उपकरणको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण’ भोली तम्घासमा निर्वाचन सम्वन्धि अभिमुखीकरण कार्यक्रम हुने सुनिललाई संकटः प्रहरीमा थुनिएर पनि नपुगेर आत्मासमपर्ण बृद्धबृद्धाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’ गुल्मीको बाम गठबन्धनलाई साथ दिदै पुर्व मुख्य सचिव पौड्याल  रियल मड्रिडको हार युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश चेल्सी अन्तिम १६ मा प्रभु बैंकको कस्तो छ वित्तीय अवस्था ? नेपाल इको प्यानलको जनरल म्यानेजरमा गोसाई जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा राष्ट्रपतिले दिइन् नेपाल संवत्को शुभकामना नेमकिपाको घोषणापत्र सार्वजनिक : नेमकिपालाई विजयी गराए परिवर्तनको बाटो खोल्ने दाबी बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण आज गोवर्द्धन पूजा, नेपाल सम्वत ११४३ पनि प्रारम्भ थाहा पाउनुहोस आजको राशिफल तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुरको रोजगारी गुम्यो प्रतिनिधिसभा उम्मेदवारले तीन र प्रदेश सभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने उम्मेदवारले सञ्चारमाध्यममा कतिसम्म विज्ञापन गर्न पाउँछन् ? यस्तो छ आयोगकोे मापदण्ड रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण बाढीले जलविद्युत केन्द्रमा क्षति गरेपछि मुगु विद्युतविहीन ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प यी नागरिक जसले लाइनमै नबसी मतदान गर्न पाउनेछन् कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा चिन्ह लगाउनुपर्ने तीन सातापछि खुल्यो कर्णाली राजमार्ग प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन महापुरूष चितवन र इटहरीमा प्रिमियर हुँदै चिनियाँ राजदूत यान्छीले भनिन्– मेरो कार्यकाल सकियो, नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! इमिरे एस्टन भिल्लामा युगल अमेरिकातर्फ पहिरोपिडितले नयाँ घर पाए १० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी सिभिल बैंकले बढायो नाफा अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु दाङका तीन फर्निचर उद्योगमा आगलागी सात वटै मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आयोगको यस्तो निर्देशन लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना विश्व इतिहासमा आज थाहा पाउनुहोस् आजको राशिफल आज गाई तिहार न्युज कारखाना आज खण्डग्रास सूर्यग्रहण छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी एमाले उम्मेदवार भगवती चौधरीसँग स्पष्टीकरण माग प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश आज काठमाडौंमा सत्ता गठबन्धनको संयुक्त भेला नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो साउदी युवराज भारत आउदै कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति भण्डारीको आह्वान मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ युक्रेन युद्धः इरानले रुसलाई ४० वटा टर्बाइन आपूर्ति गर्ने शिक्षक चिरञ्जीवी अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा क्रिकेटः विश्वकपमा दुई खेल नापोलीलाई तीन अंकको अग्रता बार्सिलानाको चार गोल आजदेखि सार्वजनिक बिदा रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा थाहा पाउनुहोस् आजको राशिफल त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि सीले भने–विश्वलाई चीन आवश्यक धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु एनसीसी बैंकले लाभांश पारित २ मंसिरकाे एजीएमले गर्ने महिला सदस्य जनप्रतिनिधिको आत्मविश्वास- अब हामीले नै नेतृत्व गर्ने हो दुर्गा बन्जाडेलाई आयोगको स्पष्टीकरण- स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार किन गरेको ?

महिला सदस्य जनप्रतिनिधिको आत्मविश्वास- अब हामीले नै नेतृत्व गर्ने हो

महोत्तरी, ६ कात्तिक। बर्दिबास नगरपालिका-३ मा दलित महिला सदस्यमा पहिलो पटक निर्वाचित हुँदा लक्ष्मी परियारलाई केही पनि थाहा थिएन । वरपरका मानिस यसले के गर्छे होला र भनेर जिस्काउँथे । सुरु-सुरुमा त काम, कर्तव्य, जिम्मेवारी थाहा नपाउँदा परियार निक्कै अल्लमल्लमा परिन् तर उनलाई पछिल्लाे समय भने उनी धेरै विषयमा जानकार भइसकेकी छिन् । उनमा याे परिवर्तन माण्डवी नामक एक गैरसरकारी संस्थाले ल्याइदिएकाे हाे ।

महिला नेतृत्व विकासमा आफूलाई कसरी विकास गर्ने ? भन्ने सम्बन्धमा उक्त संस्थाले पटक पटक तालिम दिएपछि लक्ष्मी जस्तैँ अन्य महिला सदस्य जनप्रतिनिधिहरू निक्कै जागरुक भएका छन् ।

तालिमले आफ्नो अधिकार र क्षेत्राधिकार बारे जानकारी दिएकाे बताउँछिन् कार्यापालिका सदस्य समेत रहेकी वडा सदस्य लक्ष्मी कोइराला ।  तालिममा सिकेका विषयले महिलालाई जागरुक बनाएकाे उनकाे पनि अनुभव छ ।  `महिला जनप्रतिनिधिलाई अब स्वरोजगार कसरी बन्ने भन्ने योजना बनाएकी छु,´ उनले भनिन्, `अर्को स्थानीय तहको निर्वाचनसम्म म निक्कै ठूलो फड्को मार्नेछु भन्ने आत्मविश्वस बढ्दै छ ।´

संस्थाका माध्यमबट जिल्लाका कतिपय महिलाको त जीवन आमूल परिवर्तन भएको छ । तीन वर्ष अघिसम्म भंगाहा नगरपालिकाकी जुमिदा खातुन आफ्नै घर-परिवारवाट प्रताडित थिइन् । श्रीमान मदिरा सेवन गरेर आउने र कुटपिट गर्ने गर्दथे । जब जुमिदा स्वरोजगार बनिन तब पारिवारिक अत्याचारवाट समेत मुक्त बनिन् । आफै कमाएर घर व्यवहार चलाउन थालेपछि श्रीमान तथा परिवारका सदस्यहरूले उनलाई सम्मान गर्न थाले ।

माण्डवीले द वुमेन इम्पावरमेण्ट परियोजनाअन्तर्गत गाउँगाउँमा पुगेर महिलालाई जागरुक बनाउने, स्वरोजगार बन्न अभिप्रेरित गर्ने, महिला नेतृत्व विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने जस्ता गतिविधिले जुमिदालाई थप जागरुक र उत्प्रेरित बनायो । परिणामस्वरूप जुमिदाले महिला सदस्यमा उम्मेदवारी दिइन र निर्वाचित पनि भइन् ।

जुमिदा अहिले भंगाहा नगरपालिकामा उदाहरणीय पात्र बनेकी छिन् । उनकाे नेतृत्व विकासले उनी जस्तै धेरै महिलालाई सामाजिक, राजनैतिक नेतृत्व गर्न अग्रसर बनाएको छ ।

माण्डवीले स्थानीय तह निर्वाचनअघि ‘बुट क्याम्प’ पनि सञ्चालन गरेको थियो । “बुट क्याम्प’को लक्ष्य थियो महिलालाई उम्मेदवारी बनाउन अभिप्रेरित गर्ने र निर्वाचन अभियान चलाएर जित हासिल गर्ने । यही सिलसिलाअन्तर्गत ‘बुट क्याम्प’का सहभागी महोत्तरीका औरही, भंगाहा, जलेश्वर, पिपरा र बर्दिबासका २० जना महिला पुन:निर्वाचित भएका छन् ।

`बुट क्याम्पबाटै त भन्दिन तर निर्वाचन अभियान र रणनीति बनाउन महिलालाई निक्कै सहज बन्यो भन्ने विश्वास छ ।´ माण्डवीअन्तर्गत सि लिड परियोजनाकी प्रियंका ठाकुरले भनिन् ।

त्यसो त महिला जनप्रतिनिधिलाई जागरुक बनाउन र क्षमता विकासका लागि पालिकाहरूले पनि सक्रियता देखाएका छन् । शनिवार माण्डवीको पाँच दिने तालिमको समापनलाई सम्बाेधन गर्दै बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले यसकाे लागि बजेट समेत छुट्याएको बताए ।

आफ्नो कार्याकालमा महिलाको क्षमता अभिवृद्धिको लागी माण्डवी जस्ता गैरसरकारी संस्थासँग हातेमालो गरेर अगाडि बढ्ने क्षत्रीको प्रतिबद्धता छ । सिमित बजेट र स्रोतसाधनबाट नगरले ध्यान पुर्‍याउन नसकी रहेको बेला माण्डबीको सिलिड परियोजनाको प्रशंसा गर्दै यस्तै थप कार्यक्रमको उनले अपेक्षा गरे ।

Aartha Sambadh
images
SKIP THIS