
भैरहवा, २३ असाेज।
इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९७औं जन्मोत्सव रुपन्देहीको भैरहवामा मनाइएको छ।
इस्लामिक क्यालेन्डर रबिरत रूपमा मनाउँदै आएका छन्। मदरसा अहले सुन्नत कठौतियाले जन्मदिनमा र्यालीको निरन्तर अगुवाइ गर्दै आएको ज्योतिपूञ्ज रिजविया धार्मिक शैक्षिक संस्थाका प्रिन्सिपल सुफी मोहम्मद सिद्दीक बताउँछन् । जन्मोत्सवको अवसरमा रुपन्देहीको भैरहवामा र्याली, जीवनी वाचन, उपदेश र वाणीहरूको स्मरण गर्दैे मनाइएको छ ।
जन्मोत्सव अवसरमा पक्लिहवा, खजहना, खजुरिया, चैनपुर, बसन्तपुर, बेनिपुर, धकधईलगायतका मुस्लिम समुदायले धार्मिक झण्डा, प्लेकार्ड र इस्लामिक सन्देशका साथ नगर परिक्रमा गरी जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा मस्जिद ,मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरूले धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गर्ने गरिन्छ । मोहम्मदको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मद जयन्तीको अवसरमा कतिपय स्थानीय तहले बिदा दिए पनि नेपाल सरकारले बिदा कटौती गरेको छ ।