images
images

समाचार

गुल्मीको अर्बेनीमा पुनः मतदान सुरु बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक काठमाडौं ७ मा घण्टी अगाडि, लौरो दोस्रो गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान शुरु रवि सिंह ईफाप्काको अध्यक्षमा चयन धुर्कोटमा एमाले उपाध्यक्ष सहित ६५ जना माओवादीमा प्रबेश नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्ट्रशंघिय जनसंख्या कोषले राहात वितरण (फोटो सहित) राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प : अध्यक्ष ढकाल ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्सको राजधानी मालेमा शुरु बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा केयर बाल गृहलाइ आर्थिक सहयोग ४५ औं ईफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान को रहेछन शेषकान्त ? बल्ल चिन्दै एमाले गुल्मी २ को सत्ता गठबन्धनमा २०६४ को जनलहर ‘निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति, निर्माण व्यवसायी र उपकरणको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण’ भोली तम्घासमा निर्वाचन सम्वन्धि अभिमुखीकरण कार्यक्रम हुने सुनिललाई संकटः प्रहरीमा थुनिएर पनि नपुगेर आत्मासमपर्ण बृद्धबृद्धाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’ गुल्मीको बाम गठबन्धनलाई साथ दिदै पुर्व मुख्य सचिव पौड्याल  रियल मड्रिडको हार युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश चेल्सी अन्तिम १६ मा प्रभु बैंकको कस्तो छ वित्तीय अवस्था ? नेपाल इको प्यानलको जनरल म्यानेजरमा गोसाई जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा राष्ट्रपतिले दिइन् नेपाल संवत्को शुभकामना नेमकिपाको घोषणापत्र सार्वजनिक : नेमकिपालाई विजयी गराए परिवर्तनको बाटो खोल्ने दाबी बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण आज गोवर्द्धन पूजा, नेपाल सम्वत ११४३ पनि प्रारम्भ थाहा पाउनुहोस आजको राशिफल तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुरको रोजगारी गुम्यो प्रतिनिधिसभा उम्मेदवारले तीन र प्रदेश सभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने उम्मेदवारले सञ्चारमाध्यममा कतिसम्म विज्ञापन गर्न पाउँछन् ? यस्तो छ आयोगकोे मापदण्ड रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण बाढीले जलविद्युत केन्द्रमा क्षति गरेपछि मुगु विद्युतविहीन ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प यी नागरिक जसले लाइनमै नबसी मतदान गर्न पाउनेछन् कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा चिन्ह लगाउनुपर्ने तीन सातापछि खुल्यो कर्णाली राजमार्ग प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन महापुरूष चितवन र इटहरीमा प्रिमियर हुँदै चिनियाँ राजदूत यान्छीले भनिन्– मेरो कार्यकाल सकियो, नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! इमिरे एस्टन भिल्लामा युगल अमेरिकातर्फ पहिरोपिडितले नयाँ घर पाए १० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी सिभिल बैंकले बढायो नाफा अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु दाङका तीन फर्निचर उद्योगमा आगलागी सात वटै मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आयोगको यस्तो निर्देशन लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना विश्व इतिहासमा आज थाहा पाउनुहोस् आजको राशिफल आज गाई तिहार न्युज कारखाना आज खण्डग्रास सूर्यग्रहण छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी एमाले उम्मेदवार भगवती चौधरीसँग स्पष्टीकरण माग प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश आज काठमाडौंमा सत्ता गठबन्धनको संयुक्त भेला नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो साउदी युवराज भारत आउदै कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति भण्डारीको आह्वान मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ युक्रेन युद्धः इरानले रुसलाई ४० वटा टर्बाइन आपूर्ति गर्ने शिक्षक चिरञ्जीवी अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा क्रिकेटः विश्वकपमा दुई खेल नापोलीलाई तीन अंकको अग्रता बार्सिलानाको चार गोल आजदेखि सार्वजनिक बिदा रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा थाहा पाउनुहोस् आजको राशिफल त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि सीले भने–विश्वलाई चीन आवश्यक धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु एनसीसी बैंकले लाभांश पारित २ मंसिरकाे एजीएमले गर्ने महिला सदस्य जनप्रतिनिधिको आत्मविश्वास- अब हामीले नै नेतृत्व गर्ने हो दुर्गा बन्जाडेलाई आयोगको स्पष्टीकरण- स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार किन गरेको ?

लुम्बिनीका विध्युतीय बस आजदेखि सुचारु, पर्वमा सर्वसाधारणका लागि नि:शुल्क

भैरहवा, १३ असाेज।  बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएकाे छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् ।

लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्विनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्विनी बिकास कोषलाई अनुदानमा दिएको थियो । दशै तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटकाे पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएकाे हाे ।

पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्न १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई(सिद्धिचरण)को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएकाे थियो । कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेसनलगायतका विषयमा प्रतिवेदन र कार्यविधिकाे खाका बुझाएपछि बस भने परीक्षण कालका लागि सुचारु भएकाे छ । केही ट्याक्सी भने विकास काेषले स्वयं प्रयाेग गरिरहेकाे छ ।

बस सञ्चालनका लागि चाैतर्फी दबाब हुन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले विश्व पर्यटन दिवसका दिन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र लुम्बिनी विकास कोषलाई दसैंअघि निर्देशन दिएका थिए । कार्यदलले पनि दसैंअघि सञ्चालन गर्ने तयारी गरेकाे थियाे ।

बुधबार रुपन्देहीका प्रजिअ पाण्डेको अध्यक्षता लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्था प्रतिनिधिहरूको बैठकले कार्यविधि नहुँदासम्मका लागि र दसै‌तिहारलाई लक्षित गर्दै चालक र सहचालककाे व्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले एक/एक गाडीको जिम्मेवारी लिएर सञ्चालनमा ल्याइएको हाे ।

पाँचवटा बसमध्ये एउटा बस बुटवल-भैरहवा-बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया-भैरहवा-एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी-रामग्राम-भैरहवा-बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु-तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

परीक्षणकालसम्म निःशुल्क रूपमा बस  सञ्चालनमा हुनेछ । अहिले चाडपर्वका समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने गरी सञ्चालनमा  छ ।
विद्युतीय गाडीकाे नम्बर प्लेटको विषयमा टुंगो लागेको छैन । सेतो नम्बर प्लेटका सवारीसाधनलाई हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेट के राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।

विकास कोषले पर्यटक लक्षित भएकाले हरियो प्लेटमा चलाउने धारणा राखेको छ, तर कानुनी जटिलताका कारण एकैपटक सार्न मिल्दैन । सेतोबाट हरियोमा जाँदा लामो प्रकिया छ, विभागले नै पहिला नामसारी गरि सेतो प्लेटमा लैजान भनी विकास कोषलाई सुझाएको थियो । सोहीअनुसार नै काम भएको छ । हरियो प्लेटको गाडीमा पर्यटक मात्र सवार हुन पाउने कानुनी प्रावधान छ ।

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । बस अपांगमैत्री र स्वचालित ढोकासहितको छ ।

Aartha Sambadh
images
SKIP THIS