images
images

समाचार

गुल्मीको अर्बेनीमा पुनः मतदान सुरु बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक काठमाडौं ७ मा घण्टी अगाडि, लौरो दोस्रो गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान शुरु रवि सिंह ईफाप्काको अध्यक्षमा चयन धुर्कोटमा एमाले उपाध्यक्ष सहित ६५ जना माओवादीमा प्रबेश नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्ट्रशंघिय जनसंख्या कोषले राहात वितरण (फोटो सहित) राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प : अध्यक्ष ढकाल ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्सको राजधानी मालेमा शुरु बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा केयर बाल गृहलाइ आर्थिक सहयोग ४५ औं ईफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान को रहेछन शेषकान्त ? बल्ल चिन्दै एमाले गुल्मी २ को सत्ता गठबन्धनमा २०६४ को जनलहर ‘निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति, निर्माण व्यवसायी र उपकरणको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण’ भोली तम्घासमा निर्वाचन सम्वन्धि अभिमुखीकरण कार्यक्रम हुने सुनिललाई संकटः प्रहरीमा थुनिएर पनि नपुगेर आत्मासमपर्ण बृद्धबृद्धाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’ गुल्मीको बाम गठबन्धनलाई साथ दिदै पुर्व मुख्य सचिव पौड्याल  रियल मड्रिडको हार युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश चेल्सी अन्तिम १६ मा प्रभु बैंकको कस्तो छ वित्तीय अवस्था ? नेपाल इको प्यानलको जनरल म्यानेजरमा गोसाई जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा राष्ट्रपतिले दिइन् नेपाल संवत्को शुभकामना नेमकिपाको घोषणापत्र सार्वजनिक : नेमकिपालाई विजयी गराए परिवर्तनको बाटो खोल्ने दाबी बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण आज गोवर्द्धन पूजा, नेपाल सम्वत ११४३ पनि प्रारम्भ थाहा पाउनुहोस आजको राशिफल तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुरको रोजगारी गुम्यो प्रतिनिधिसभा उम्मेदवारले तीन र प्रदेश सभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने उम्मेदवारले सञ्चारमाध्यममा कतिसम्म विज्ञापन गर्न पाउँछन् ? यस्तो छ आयोगकोे मापदण्ड रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण बाढीले जलविद्युत केन्द्रमा क्षति गरेपछि मुगु विद्युतविहीन ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प यी नागरिक जसले लाइनमै नबसी मतदान गर्न पाउनेछन् कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा चिन्ह लगाउनुपर्ने तीन सातापछि खुल्यो कर्णाली राजमार्ग प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन महापुरूष चितवन र इटहरीमा प्रिमियर हुँदै चिनियाँ राजदूत यान्छीले भनिन्– मेरो कार्यकाल सकियो, नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! इमिरे एस्टन भिल्लामा युगल अमेरिकातर्फ पहिरोपिडितले नयाँ घर पाए १० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी सिभिल बैंकले बढायो नाफा अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु दाङका तीन फर्निचर उद्योगमा आगलागी सात वटै मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आयोगको यस्तो निर्देशन लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना विश्व इतिहासमा आज थाहा पाउनुहोस् आजको राशिफल आज गाई तिहार न्युज कारखाना आज खण्डग्रास सूर्यग्रहण छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी एमाले उम्मेदवार भगवती चौधरीसँग स्पष्टीकरण माग प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश आज काठमाडौंमा सत्ता गठबन्धनको संयुक्त भेला नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो साउदी युवराज भारत आउदै कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति भण्डारीको आह्वान मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ युक्रेन युद्धः इरानले रुसलाई ४० वटा टर्बाइन आपूर्ति गर्ने शिक्षक चिरञ्जीवी अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा क्रिकेटः विश्वकपमा दुई खेल नापोलीलाई तीन अंकको अग्रता बार्सिलानाको चार गोल आजदेखि सार्वजनिक बिदा रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा थाहा पाउनुहोस् आजको राशिफल त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि सीले भने–विश्वलाई चीन आवश्यक धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु एनसीसी बैंकले लाभांश पारित २ मंसिरकाे एजीएमले गर्ने महिला सदस्य जनप्रतिनिधिको आत्मविश्वास- अब हामीले नै नेतृत्व गर्ने हो दुर्गा बन्जाडेलाई आयोगको स्पष्टीकरण- स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार किन गरेको ?

अन्तर्वार्ता : कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन : अन्जान तिमिल्सिना

जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता तिमिल्सिनाले पार्टी परित्याग गरेपछि यसले पनि चितवनको राजनीतिमा हलचल ल्याएको छ । उनी भरतपुर–१६ का बासिन्दा हुन् । पार्टी परित्यागको सन्दर्भमा तिमिल्सिनासँग न्युज कारखानाले कुराकानी गरेकाे छ । तपाईं जनयुद्धमा पनि लाग्नुभयो, सैन्य कमाण्डर पनि भएर हिँड्नु भो, अहिले माओवादी किन छाड्नुभयो ? कुनै एउटै घटनाले हामी प्रभावित भएको हैन, यसको लामो श्रृखला छ । राजनीतिक हिसाबले हामीले निर्णय गरेको हो । वर्ग संर्घष क्रान्ति हुनुपर्छ भनेर जनयुद्धमा होमियौं । इमानदारितापूर्वक लाग्यौं । परिवर्तनका लागि जनयुद्ध गरेका थियौं । शान्ति प्रक्रियामा आयौं । तर, प्रचण्ड नेतृत्वले मूल एजेण्डा छाड्दै गयो । जनमुक्ति सेनाको समायोजन र व्यवस्थापनमा मूल नेतृत्व चुक्यो ।  हाम्रा एजेण्डा सेलाउँदै गए । पार्टी नेतृतव मूलतः भ्रम सिर्जना गर्ने काममा लाग्यो । राजनीतिक र वैचारिक रुपमा माओवादीसँग आज कुनै मुद्दा र एजेण्डा छैन । तपाईंहरूले पार्टी भित्र यी कुराहरू उठाउनु भएन ? पार्टी भित्र संर्घष गर्‍यौं । स्थानीय तहको निर्वाचन अगाडि पनि हामीले भन्यौं । तर, भ्रम र आश्वासन दिएर भुलाउन खोजियो । हामी यहाँसम्म आउँदा पार्टीले अब क्रान्ति गर्दैन , गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको हो । एमसीसी पास नगर्ने भनेर महाधिवेशनमा उपस्थित ५ हजार जना प्रतिनिधिले पास गरेको कुरालाई किन लत्याइयो भन्नुस् त ? महाधिवेशभन्दा ठूलो प्रचण्डको आदेश हुन्छ र ? पछि उहाँले ब्याख्यात्मक टिप्पणीको बर्को लगाएर एमसीसी पास गर्नुभयो । उहाँले ब्याख्यात्मक टिप्पणी गरेर हुने कुरा हो र त्यो ? त्यसपछि पनि विभिन्न घटनाक्रम देख्दा जस्तो की नागरिकता विधेयक उस्तै तरिका देखिन्छ । नेकपा हुँदा उहाँले नै हैन विदेशबाट बिहे गरेर आउने बुहारीलाई नागरिकताका लागि ७ बर्षे प्रावधान राख्ने भन्ने उहाँ नै हैन । आज किन त्यहाँबाट च्यूत भएको ? अर्को कुरा के छ भने जसरी अहिले गठबन्धन बनेको छ यो मूलतः नेपाली जनता, नेपाल र अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई असर गर्ने खालको देखिन्छ । नेपालका कम्युनिष्टहरूलाई सिध्याउन विदेशीहरूले यो गठबन्धन बनाएका हुन् । कम्युनिष्ट पार्टी सिध्याउन कम्युनिष्ट भन्ने पार्टी लाग्न मिल्छ ?  एमालेलाई कमजोर पारेर नेपालका कम्युनिष्टहरूको हित हुन्छ त ? एमाले कमजोर हुँदा माओवादी बलियो हुन्छ कि कांग्रेस ? कम्युनिष्ट हौं भन्ने तर, कांग्रेसलाई पहिलो पार्टी बनाएर राज्यसत्ता सुम्पिने काम कम्युनिष्ट विरोधी मात्रै हैन, जनविरोधी काम हो । यसले हाम्रो वर्गको हित गर्दैन । तपाईं त सैन्य कमाण्डर पनि हो, हिजोका लडाकुले पाएको दुःखले तपाईंलाई उद्वेलित बनाएको हो ?पक्कै पनि म प्रचण्डको सुरक्षा हेर्ने व्यक्ति पनि हुँ । प्रचण्डको भौतिक सुरक्षामा सैन्य फाँटबाट मैले योगदान गरेको छु । वाइसीएलहरूलाई तालिम दिने काम पनि गरेँ । म जनसैन्य प्रतिष्ठानको प्रमुख प्रशिक्षक पनि हो । उनीहरूको पीडा मैले नजिकबाट अनुभूति गरेको छु । प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परेँ । नातावाद र कृपावादको हावी भयो । युद्धकालमा हामीलाई जोगाउन जनताको ठूलो योगदान र लगानी थियो । त्यो कुरालाई आज प्रचण्डले बुझेनन् । पारिवारिक सेटिङ र किचेन क्याबिनेट खडा गरियो । अन्ततः हामीजस्ता युद्ध लड्ने, ज्यान हत्केलामा लिएर हिँड्ने मान्छे नेता कार्यकर्ता पार्टीमा बसिरहन सकिएन । राजनीतिक वैचारिक हिसावले भन्नुहुन्छ भने माओावदी केन्द्रको विचार अस्पष्ट दिशाहिन छ । कस्तो समाजवाद ल्याउने हो ? कसले नेतृत्व गर्ने हो भन्ने दुविधा छ माओवादीजनमा । कांग्रेसका पछाडि लागेर, उसले दिएको हात थापेर खाएर समाजवाद ल्याउँछ भनेर हामीले पत्याउनु ? कार्यकर्तालाई भुलभूलैयामा राख्ने छल्ने ढाँट्ने कामले परिवर्तन हुन्छ र ?एमालेमा त्यस्तो के देख्नुभो र प्रवेश गर्नुभो त ? बरु एमालेसँग स्पष्ट दृष्टिकोण पाएँ । विकास र समृद्धिको एजेण्डा छन् । आज १५ महिना यो गठबन्धनले सरकार चलाउँदा खै कहाँ के भयो देशमा ? सामाजिक, राजनीतिक, विकासका दृष्टिकोणबाट त एमाले स्पष्ट नै देखिन्छ । कोभिडको महामारी भरखरै संविधान जारी भए पछिको अवस्थामा पनि एमालेले विकासको छनक दिएको देखिन्छ । भूकम्पले भत्किएका संरचना उठाउन एमाले नेतृत्वको सरकारले योगदान गरेको देखिन्छ । केपी ओलीसँग भिजन छ । तर, गठबन्धनसँग एमाले कसरी कमजोर पारेर सिध्याउने भन्ने मात्रै कुण्ठा छ । जुन गलत छ । देशमा दुई एमाले चाँहिदैन । एउटै एमाले नै काफी छ । तपाई पद नपाएर एमाले आएको भन्ने पनि छन् नि ? म पद र पैंसाका पछि लाग्ने मान्छे हैन । राजनीति मेरो पेसा हैन सेवा हो । अब मलाई अनेक आरोप लगाउँछन् । गद्दार भन्लान्, आर्थिक प्रलोभनमा परेको भन्लान् । पद पाएर गएको भन्लान् अनेक भन्छन् । तर, मलाई त्यसको प्रवाह छैन । हिजो माओवादीमा हुँदा पनि मैले एक रुपैया चन्दा उठाएको खाएको छैन । बरु आफ्नै पुर्ख्याैली सम्पति बेचेर हिँडेको छु । सम्पति बेचेर पार्टीमा लागेको थिएँ । पद नपाएर गएको, पद खान गएको भन्ने कुरालाई म खारेज गर्न चाहन्छु । राजनीतिक हिसाबले स्पष्ट भएर एमाले भएको हुँ । कांग्रेसका पछि लाग्नभन्दा एमाले ठिक छ भन्ने मेराे निष्कर्ष हो ।

Aartha Sambadh
images
SKIP THIS