समाचार

आकाशेपुल निर्माणका लागि प्रदेश सभा सदस्य लामिछानेद्वारा सम्बन्धित् निकायको ध्यानाकर्षण जापानको ओसाकामा जापनी भाषामा वक्तित्वकाला प्रतियोगिता सम्पन्न सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछः अध्यक्ष नेपाल | इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा, मन्त्री श्रेष्ठको निरीक्षण प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञाः प्रहरी महानिरीक्षक कुँवर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक हुन आवश्यक छः सभामुख घिमिरे | प्रधानमन्त्री दाहाल, लायन्स क्लव इन्टरनेशनको कार्यक्रममा | रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र | केपी शर्मा ओली, रिटर्नी फेडेरेशनको कार्यक्रममा | विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा—राष्ट्रपति पौडेल चैत्र ८ गते बुधवार काठमाडौंमा हुने केही कार्यक्रमहरु समिक्षा अधिकारीले आफ्नो विगतलाई मेल खाने गित गाईन यसमा साथ दिए गल्मेली गायक रामचन्द्र चन्द (भिडियो सहित) सांसदहरू भन्छन्- महाकाली सन्धि खारेज गर्नुपर्छ | साप्राबाट निकालियो तीन किलोको ट्यूमर ७ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | साईकल ¥याली गर्दै मनाईयो विश्व मुख स्वास्थ्य दिवस (फोटो फिचर) कियाको ‘कारेन्स’ नेपाली बजारमा बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिन होटल संघ नेपाल लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि | चैत्र ६ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | नेपालसहित १० राष्ट्रबीच एसिसी प्रिमियर कप | यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? चैत्र ५ गते आईतवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | विश्वकप खेल्न अब यी टेस्ट राष्ट्रसँग भिड्नेछ नेपाल | भारतीय राजदुतावासले २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनायो | सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छः प्रमुख सचेतक गिरी चलचित्र कलाकार संघका अध्यक्षको आरोपः नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमा सिमित छन् | आरसीबीको कप्तानी छोडेको दुई वर्षपछि कोहलीले आफ्नो निर्णयबारे के भने ? काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने: गोपाल सुन्दरलाल कक्षपती ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको छलफल | महानगरले मौखिक रुपमा दरबार मार्गको पार्किङको विकल्प दिएर हुँदैनः सुन्दरलाल कक्षपती अर्को वर्ष निफ सातै प्रदेशमाः अध्यक्ष पाठक | निर्माण व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष किराँतीलाई स्टेन्थलिफटिङ्ग तर्फ स्वर्ण पदक चैत्र ३ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | २०८० सालमा ३५ दिन सार्वजनिक बिदा | कानुनका विद्यार्थीसँग केपी ओली | नेपाल निर्माण व्यवसायी महासंघको २७ बुँदे काठमाडौं घोषणापत्र जारी, भुक्तानी, म्याद थप, मोबलाइजेशन पेश्की र जुनसकै अवधिको निर्माण कार्यको मूल्य समायोजन मुख्य माग सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा सांसदहरुको जोड | हिन्दु विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन सरकारसँग निर्माण व्यवसायी महासंघको २७ बुँदे माग | निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैनः सचिव पोखरल | ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना चैत्र २ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | नेपाल र यूएईबीच हुने खेलका लागि ; ११ हजार टिकट बिक्री ‘भीरमा टुनी छ’ बजारमा बोलको गित गायक विक्रान्त पोखरेलको सर्वोच्च अदालतले सांसद मनाङेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको फाइल खोज्यो | चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा | चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ | डिसकभरी सपोर्ट्ले अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वकतृत्व कला प्रतियोगिता आयोजना गर्ने जीप छिरिङ लामा शेर्पालाई एफक्यान ग्लोरी अवार्ड, महत्वपूर्ण दुई विधामा कालिका कन्स्ट्रक्शन उत्कृष्ट नेपाल निर्माणव्यवसायी महासंघको २४ औं साधारण सभाको प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन,अर्थतन्त्र चलायमान बनाउने तर्फ सरकारको ध्यान केन्द्रितभएको भनाइ अभिनवको २२ औं वार्षिकोत्सव समारोह सम्पन्न वरिष्ठ पत्रकार/समाजसेवी रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको सहयोग महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै यातायात व्यवसायीहरुले अनुभुती गर्ने गरि काम गर्ने प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठको प्रतिबद्धता तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग गौतम र श्रेष्ठको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा दुई टिमको घोषणा थप तीन ठाउँमा फ्लाई–ओभर निर्माण गर्न अध्ययन हुँदै | बुद्धनगर आगलागी घटना : यसरी जले सांसद भण्डारी र आमा व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ? सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी | पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु | गुल्मीको रोचक बिवाहा : एक युवती द्वारा दुई दिनमा दुई जना संग बिवाह | प्रधानमन्त्री :गठबन्धन बचाउनुपर्छ, हामी फेरि छलफल गर्छौँ | विदेशबाट विद्यार्थीहरु ल्याउने गरी नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिन्छः शिक्षामन्त्री खनाल | गभर्नर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपुरणीय क्षति : अर्थमन्त्री | एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी | रास्वपाका सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै | आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्न निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ | रविले चितवनका किसानलाई भने: भेट्न आउँदैछु | सांसद रिहाईका लागि नागरिक उन्मुक्तिको प्रदर्शन | प्रदेश र स्थानीय तहका कर्मचारीलाई प्रतिस्पर्धामा उमेर हद नलगाउन अन्तरिम आदेश | गम्भीर अवस्थामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छः प्रधानमन्त्री | राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै आत्मदाहकाे प्रयास | ( भिडियाेसहित ) प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु | व्यवसायीलाई कस्ने नीति नलिन बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह | रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग | गौतम अडानीलाई उछिन्दै मुकेश अम्बानी पुन: बने एसियाकै धनाढ्य, अडानीको सम्पत्ति लगातार ओरालो | गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई यही संविधान र संसदले टुंग्याउन सक्छ: ज्ञानेन्द्र शाही क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन | बाइक र स्कुटर पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्दै सरकार | लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल | रविलाई गृहमन्त्री बनाउन किन चाहँदैनन् प्रचण्ड? प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता | वडा १७ बाट नागरिक विद्युतीय सुशासन सेवा प्रारम्भ | बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु | गृह मन्त्रालयबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै | भुवने डाँडामा निर्माण भएको मन्दिरमा भीड | रवि लामिछानेले आइतबार नेपालको नागरिकता लिने | सर्भर डाउन हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान सुचारु | भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु |

महाकवि देवकोटाको दृष्टिकोण : शिक्षाले पूर्ण मानव बनाउनुपर्छ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व यति फराकिलो र बहिङ्गम थियो कि हामी जस्तो सामान्य मान्छेले व्याख्या विश्लेषण गर्न सम्भव नै छैन । महाकविका बारेमा लेखिएका दर्जनाैँ पुस्तकहरूले पनि उहाँको पूर्ण व्यक्तित्वको उजागर गर्न सकेको जस्तो लाग्दैन । खास गरी अहिलेसम्म महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, साहित्यमा उहाँको योगदान, साहित्यसम्बन्धी उहाँको दृष्टिकोण आदिको बारेमा ब्याख्या, विश्लेषण र समालोचन भएको पाइन्छ । साहित्य सिर्जनामा उहाँ आफूलाई कहाँनिर उभ्याउनु हुन्थ्यो, उहाँको सृजनामा साहित्यमा देखापरेका विभिन्न वादहरूमध्ये कुन वादको प्रभाव परेको छ, उहाँले कुन वादको पक्षपोषण गरेको पाइन्छ वा पाठकहरूले उहाँका कृतिहरू अध्ययन गर्दा कुन बादको झल्को पाउँछन् भन्ने विषयमा धेरै समीक्षा, छलफल, वाद विवाद, क्रिया प्रतिक्रिया, लेखन आदि भएको पाइन्छ ।

महाकवि देवकोटा साहित्य क्षेत्रको मूर्धन्य त हुनुहुन्थ्यो नै त्यसै गरी अध्यात्म, धर्म, दर्शनसम्बन्धी पनि उहाँको आफ्नो छुट्टै धारणा थियो । राजनीतिमा पनि उहाँको लगाव थियो भन्ने कुरा त शिक्षा मन्त्री भएकोबाट प्रष्ट भइहाल्छ । त्यसैगरी शिक्षा केका लागि, शिक्षा कस्तो हुनुपर्दछ, शिक्षा प्रणाली कस्तो हुनुपर्दछ आदि बारेमा पनि उहाँको प्रस्ट दृष्टिकोण र धारणा थियो । यो छोटो लेखमा महाकवि देवकोटाको साहित्यिक, धार्मिक वा राजनीतिक कुनै पनि पाटोलाई छुने प्रयास गरिएको छैन, मात्र देवकोटाको शिक्षासम्बन्धी दृष्टिकोण कस्तो थियो, उहाँ देशमा कस्तो शिक्षा हुनुपर्दछ भन्ने चाहानुहुन्थ्यो, तत्कालीन शिक्षा र शिक्षा पद्वतिप्रति उहाँको के कस्तो धारणा थियो भन्ने सामान्य चर्चा गर्न खोजिएको छ ।

महाकवि देवकोटा डा. के आइ सिंहको मन्त्रिमण्डलमा छोटो समय शिक्षा मन्त्री पनि हुनुभयो । छोटै समय शिक्षा मन्त्रीको रुपमा रहे पनि उहाँले सबै नेपालीलाई एकताको सूत्रमा बाध्ने प्रमुख माध्यम भनेको भाषा हो । देशमा एउटा भाषा सबैको साझा हुनुपर्दछ भन्ने अभिप्रायले नेपाली भाषालाई देशभरका विद्यालय र कलेजहरूमा अनिवार्य गर्न महत्वपूर्ण योगदान दिनुभयो ।

उच्च शिक्षाको क्षेत्रमा अहिलेसम्म नेपालमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन विश्वविद्यालयको स्थापनामा पनि महाकवि देवकोटाको ठूलो भूमीका रहेको कुरा सबैलाई थाहा छ । देवकोटा अलि लामो समय शिक्षामन्त्री रहनु भएको भए नेपालको शिक्षा प्रशाासन, पाठ्क्रम, पाठ्पुस्तक र समग्रमा भन्दा शिक्षा पद्वतिमा आमूल परिवर्तन हुन्थ्यो होला भनेर अहिले कल्पना गर्न सकिन्छ । तर, दुर्भाग्य उहाँ जम्मा जम्मी ११० दिन मात्र शिक्षा मन्त्री रहनुभयो । तर यति छोटो समयमा पनि शिक्षा सुधारमा उहाँले पु¥याएको योयदान प्रशँसनीय छ ।

महाकवि देवकोटा तत्कालीन शिक्षा पद्धति र प्रणलीमा आमूल परिवर्तन हुनुपर्दछ  भन्ने मान्यता राख्नु हुन्थ्यो । उहाँबाट व्यक्त भएका विचारबाट प्रस्ट हुन्छ कि उहाँ तत्कालीन (अहिलेसम्म पनि त्यसबेलाको शिक्षा पद्धतिमा खास परिवर्त भएको छैन) शिक्षा पद्धतिसँग सन्तुष्ट हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– यो शिक्षा पद्धतिले वा अहिलेको पाठ्यक्रम, पाठ्यपुस्तक र चलनचल्तीको यो शिक्षण सिकाई प्रक्रियाले एक पूर्ण मानब बनाउन सक्दैन । यो प्रणालीले त विद्यार्थीको अन्तरमनले चाहेको एक चिज छ, तर प्रदान गर्छ अर्कै चिज । उहाँ प्रस्ट भाषामा भन्नुहुन्थ्यो, विद्यालयहरू मेसिन उत्पादन गर्ने कारखाना भएका छन्, यिनीहरूले मानव उत्पादन गर्न सकेका छैनन् । वास्तवमा शिक्षण संस्थाले एक नैतिकवान र स्वतन्त्र विचारको मानव उत्पादन गर्नु पर्ने हो, जुन हुन सकेको छैन भनेर भन्नुहुन्थ्यो ।

एक पूर्ण मानव बन्नको लागि शिक्षा अपरीहार्य हो, जस्ले मानिसकोे सामाजिक, साहित्यिक, आर्थिक, धार्मिक व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरामा देवकोटा प्रष्ट हुनुहुन्थ्यो भन्ने कुरा शिक्षा मन्त्री हुँदा अभिब्यक्त गरेका विचारहरू वा उहाँका कतिपय कविताबाट प्रस्ट हुन्छ । उहाँको कविता ‘निरक्षर’ (Illiterate) मा मानिस निरक्षर भयो भने ऊ कस्तो हुन्छ, के कस्ता दुःख कष्ट झेल्नु पर्छ, उस्को जीवन कसरी नीरस र उद्देश्य वा गन्तब्यविहीन हुन्छ भन्ने कुरा साहित्यिक र विम्बात्मक रुपमा उल्लेख गर्नु भएको छ ।

देवकोटा भन्नुहुन्थ्यो कि व्यक्तिलाई अवसर, उत्प्रेरणा र उत्साह प्रदान गर्यो भने उस्ले आफ्नो क्षमता अनुसारको उपलब्धि हासिल गर्दछ । एक व्यक्तिको चाहना भनेको समाजले उसलाई स्वीकारोस्, समाजिक क्षेत्रमा संलग्न र समावेश गरोस् जसका कारण ऊ समाजमा एक्लो नहोस् भन्ने नै हो । मानिस सामाजिक जीवनमा स्वतन्त्र र सक्षम रुपमा ढुक्क भएर सहभागी हुन चाहन्छ । देवकोटा भन्नुहुन्थ्यो यी सबै कुरा शिक्षाले मानिसलाई प्रदान गर्नु पर्दछ ।

महाकवि देवकोटाले शिक्षा मानिसलाई किन आवश्यक पर्छ, शिक्षाले ब्यक्तिको समग्र विकासमा के कस्तो भूमिका खेल्छ भन्ने मात्र होइन कि शिक्षा कस्तो हुनु पर्दछ, शिक्षा कुन सिद्धान्त र विश्वासवाट अभिप्रेरित हुनु पर्दछ भन्ने दृष्टिकोण पनि राखेको पाइन्छ । उहाँ पूर्ण मानव बनाउने शिक्षाको पक्षपाती हुनुहुन्थ्यो । पूर्ण मानव, जोसँग परिवारको पालन पोषणको लागि आर्थिक उपार्जन गर्ने सिप र क्षमता  होस्, समाजको नैतिकवान र इमान्दार सदस्य बनोस् र देशको माया गर्ने देशभक्तिले ओतप्रोत भएको राष्टवादी ब्यक्ति बनोस् भन्ने दृष्टिकोण देवकोटाका कतिपय लेख रचना र उहाँका भाषणहरूमा पाउन सकिन्छ । शिक्षाले प्रेम, मानवता र न्यायको पक्षमा उभिने व्यक्ति निर्माण गरोस् भन्ने दृष्टिकोण थियो देवकोटाको ।

देवकोटाका शिक्षासम्बन्धी विचार र विश्वका शिक्षाका दर्शनशास्त्रीहरूको शिक्षा सम्बन्धी विचार र दृष्टिकोण पर्गेल्दा धेरै कुरामा समानता पाइन्छ । शिक्षाविद जोनडिवे भन्छन्– शिक्षाले मानिसलाई आलोचनात्मक चेत भएको ब्यक्तिको रुपमा विकास गर्न सहयोग पु¥याउनु पर्दछ । यसका अतिरिक्त मानिसका हरेक क्रियाकलाप मानवीय मूल्य र मान्यताबाट निर्देशित हुनु पर्दछ जुन कुरा उस्लाई शिक्षाले सिकाउनु पर्दछ । यहाँनिर देवकोटाले देख्न चाहेको ‘पूर्ण मानव’ र जोनडिवेको ‘मानवीय मूल्य र मान्यतामा चल्ने मानव’ बीचमा पूर्णतः समानता देखिन्छ । त्यसैगरी अर्का शिक्षाविद् जे कृष्णमुत्र्ति भन्छन्– शिक्षाले मानिसलाई स्वतन्त्र र भयरहित बनाउनु पर्दछ । उहाँ थप्नुहुन्छ– प्रत्येक मानिस आफैमा पूर्ण हुन्छ र ऊ कसैसँग तुलना योग्य हुदैन, त्यसैले शिक्षाले मानिसलाई उसमा भएको क्षमता र दक्षतालाई उजागर गर्दै सभ्य, सौम्य, शालीन र सीपयुक्त सामाजिक प्राणीको रुपमा विकास गर्न सहयोग पुर्‍याउनु पर्दछ । देवकोटाले जस्तै कृष्णमुर्तीले पनि व्यक्तिलाई मानवीय गुणले सम्पन्न सामाजिक सदस्यको रुपमा स्थापित गर्न शिक्षाले योगदान दिनु पर्दछ भन्ने कुरामा जोड दिएका छन् ।

अहिंसावादी नेता महात्मागान्धीको दृष्टिकोणमा शिक्षाले त्यस्तो व्यक्ति निर्माण गर्नु पर्दछ जस्ले स्वतन्त्र र प्रजातान्त्रिक समाज र राष्ट्र निर्माणमा योगदान गर्न सकोस् । शिक्षित व्यक्ति समाजमा मिलेर बस्ने, आपसमा सुमधुर सम्बन्ध विकास गर्ने, नैतिकवान, मानवीय मूल्य र मान्यताबाट निर्देशित गाउँ, समाज र राष्ट्रप्रति बफादार हुनु पर्दछ भन्ने धारणा थियो महात्मा गान्धीको । गान्धीका यी विचार र धारणाहरू प्नि देवकोटाको शिक्षासम्बन्धी धारणासँग मेल खाने देखिन्छ । दक्षिण अफ्रिकी प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको शिक्षासम्बन्धी दृष्टिकोण पनि महाकवि देकोटासँग मिल्ल्दो थियो । मण्डेला भन्नुहुन्थ्यो– शिक्षित व्यक्ति मानवीय गुणले त सम्पन्न हुनै पर्दछ, भलै ती गुणहरू समाज, सम्प्रदाय, देश र महादेश अनुसार केही फरक किन नहुन् । तर आधारभूत मानवीय गुण त विश्वमा नै एकै हुनुपर्दछ । मण्डेलका अनुसार आफू जन्मेको परिवार, समाज र देश अनुरुपको मूल्य र मान्यता पछ्याउन सक्ने बनाउनुपर्छ शिक्षाले मानिसलाई । नोबेल पुरस्कार प्राप्त भारतीय विद्वान अमत्र्यसेनका अनुसार पनि शिक्षाले मानिसलाई समाजको एक उत्कृष्ट सदस्यको रुपमा बिकास गनुपर्दछ । An Uncertain Glory भन्ने प्रख्यात पुस्तकमा अमत्र्यसेन लेख्छन्– शिक्षाको प्राप्तिले मानिसको जीवनलाई परिवर्तन गर्दै एक उत्कृष्ट समाजिक प्राणीकोे रुपमा गुणस्तरीय जीवन जीउनको लागि सहयोग गर्दछ । यसरी हेर्दा विश्वका अग्रणी शिक्षाविद जोनडिवे, जे कृष्णमुर्ति, लगायत अहिंसाबादी नेता महात्मा गान्धी, नेल्सन मण्डेला तथा अमत्र्यसेन जस्ता विचारकसँग देवकोटाको शिक्षा सम्वन्धी अवधारणा मिलेको देखिन्छ ।

अन्तमा देवकोटाको शिक्षासम्बन्धी दृष्टिकोण र विचारलाई नियाल्दा उहाँ आधुनिक विश्वमा चलेको शिक्षाको लहर र शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई अँगाल्ने शिक्षा पद्धति र प्रणाली हुनु पर्दछ भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँ शिक्षाले कोरा सैद्धान्तिक ज्ञान प्राप्त व्यक्तिभन्दा सभ्य, शालीन, नैतिकवान, राष्ट्र र राष्ट्रियताप्रति बफादार, जीवनोपयोगी सीपले सुसज्जित व्यक्ति निमार्ण गरोस् भन्ने धारणा राख्नुहुन्थ्यो । उहाँका यी विचार र धारणाहरू आज पर्यन्त त्यतिकै महत्वपूर्ण र समय सान्दर्भिक देखिन्छन् । वास्तवमा शिक्षाले एउटा व्यक्तिलाई देवकोटाले भने झैँ पूर्ण मानव बनाउन सहयोग गर्नुपर्ने कुरामा दुईमत छैन । यो छोटो लेखलाई यहिँ बिट मार्दै साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दछु । अस्तु ।

(लेखक डा.तिमल्सिना शिक्षा मन्त्रालयको पूर्व उपसचिव हुन् ।)