images
images

समाचार

गुल्मीको अर्बेनीमा पुनः मतदान सुरु बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक काठमाडौं ७ मा घण्टी अगाडि, लौरो दोस्रो गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान शुरु रवि सिंह ईफाप्काको अध्यक्षमा चयन धुर्कोटमा एमाले उपाध्यक्ष सहित ६५ जना माओवादीमा प्रबेश नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्ट्रशंघिय जनसंख्या कोषले राहात वितरण (फोटो सहित) राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प : अध्यक्ष ढकाल ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्सको राजधानी मालेमा शुरु बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा केयर बाल गृहलाइ आर्थिक सहयोग ४५ औं ईफाप्का सम्मेलनमा भाग लिन महासंघ प्रतिनिधिमण्डल माले प्रस्थान को रहेछन शेषकान्त ? बल्ल चिन्दै एमाले गुल्मी २ को सत्ता गठबन्धनमा २०६४ को जनलहर ‘निर्माण उपकरणमाथिको आक्रमण नरोकिएकोमा महासंघको आपत्ति, निर्माण व्यवसायी र उपकरणको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण’ भोली तम्घासमा निर्वाचन सम्वन्धि अभिमुखीकरण कार्यक्रम हुने सुनिललाई संकटः प्रहरीमा थुनिएर पनि नपुगेर आत्मासमपर्ण बृद्धबृद्धाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’ गुल्मीको बाम गठबन्धनलाई साथ दिदै पुर्व मुख्य सचिव पौड्याल  रियल मड्रिडको हार युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश चेल्सी अन्तिम १६ मा प्रभु बैंकको कस्तो छ वित्तीय अवस्था ? नेपाल इको प्यानलको जनरल म्यानेजरमा गोसाई जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा राष्ट्रपतिले दिइन् नेपाल संवत्को शुभकामना नेमकिपाको घोषणापत्र सार्वजनिक : नेमकिपालाई विजयी गराए परिवर्तनको बाटो खोल्ने दाबी बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण आज गोवर्द्धन पूजा, नेपाल सम्वत ११४३ पनि प्रारम्भ थाहा पाउनुहोस आजको राशिफल तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुरको रोजगारी गुम्यो प्रतिनिधिसभा उम्मेदवारले तीन र प्रदेश सभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने उम्मेदवारले सञ्चारमाध्यममा कतिसम्म विज्ञापन गर्न पाउँछन् ? यस्तो छ आयोगकोे मापदण्ड रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण बाढीले जलविद्युत केन्द्रमा क्षति गरेपछि मुगु विद्युतविहीन ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प यी नागरिक जसले लाइनमै नबसी मतदान गर्न पाउनेछन् कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा चिन्ह लगाउनुपर्ने तीन सातापछि खुल्यो कर्णाली राजमार्ग प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन महापुरूष चितवन र इटहरीमा प्रिमियर हुँदै चिनियाँ राजदूत यान्छीले भनिन्– मेरो कार्यकाल सकियो, नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! इमिरे एस्टन भिल्लामा युगल अमेरिकातर्फ पहिरोपिडितले नयाँ घर पाए १० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी सिभिल बैंकले बढायो नाफा अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु दाङका तीन फर्निचर उद्योगमा आगलागी सात वटै मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आयोगको यस्तो निर्देशन लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना विश्व इतिहासमा आज थाहा पाउनुहोस् आजको राशिफल आज गाई तिहार न्युज कारखाना आज खण्डग्रास सूर्यग्रहण छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी एमाले उम्मेदवार भगवती चौधरीसँग स्पष्टीकरण माग प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो १३.६ प्रतिशत लाभांश आज काठमाडौंमा सत्ता गठबन्धनको संयुक्त भेला नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो साउदी युवराज भारत आउदै कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति भण्डारीको आह्वान मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ युक्रेन युद्धः इरानले रुसलाई ४० वटा टर्बाइन आपूर्ति गर्ने शिक्षक चिरञ्जीवी अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा क्रिकेटः विश्वकपमा दुई खेल नापोलीलाई तीन अंकको अग्रता बार्सिलानाको चार गोल आजदेखि सार्वजनिक बिदा रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा थाहा पाउनुहोस् आजको राशिफल त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि सीले भने–विश्वलाई चीन आवश्यक धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु एनसीसी बैंकले लाभांश पारित २ मंसिरकाे एजीएमले गर्ने महिला सदस्य जनप्रतिनिधिको आत्मविश्वास- अब हामीले नै नेतृत्व गर्ने हो दुर्गा बन्जाडेलाई आयोगको स्पष्टीकरण- स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार किन गरेको ?

व्यवसायको धरौटी रकम बढाउनु भन्दा विकृति रोक्नु उचित

हरि राई
वैदेशिक रोजगार व्यवसायको धरौटी रकम ३० लाखबाट बढाएर ६ करोड बनाउने नेपाल सरकारको प्रस्ताव यतिबेला चर्चाको विषय बनेको छ । हुन त कुनै पनि क्षेत्रका व्यवसायीलाई सरकारले व्यवस्थित गर्न खोज्नु नराम्रो कदम होइन । वैदेशिक रोजगारीजस्तो क्षेत्र त झनै व्यवस्थित र मर्यादित बनाउनै पर्ने मध्येको एक हो भन्दा फरक नपर्ला । मुलुकको विकास र आर्थिक समृद्धिको दिगो यात्रालाई ध्यान दिने हो भने वैदेशिक रोजगार व्यवस्थित बनाउनु पर्ने व्यवसायमध्येको पहिलो नम्बरमै पर्दछ । स्वदेशमा आन्तरिक रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म नेपाली युवाहरु बाध्यताले विदेश काम गर्न जानै पर्ने हुन्छ भने नेपालको अर्थतन्त्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले चलिरहेको यथार्थ कतै छिपेको छैन । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा कृषिपछि रेमिट्यान्स दोस्रो स्थानमा रहेको देखिन्छ । यस्तो अवस्थामा वैदेशिक रोजगारमा संलग्न व्यवसायीको रकम बढाउँदा साना व्यवसायी मर्कामा पर्नु स्वभाविक हो तर व्यवसायीलाई मर्जरको अवसर दिने भन्ने कुरा सुनिएकोले व्यवसायीले अतालिइहाल्नु पर्ने अवस्था देखिइदैन ।
नियम कानून र नीति नियमको पालना नगर्ने विश्वका मुलुकहरुको लहरमा नेपाल पनि पर्दछ, यो कुरा जो कोहीले महसुस गरेकै हुनुपर्दछ । कतिपय घोषणा घोषणामै सीमित रहेको यथार्थ हामीसामू ऐना जस्तै छर्लङ्ग छ । यसको ज्वलन्त उदाहरणको रुपमा विगतमा वैदेशिक रोजगारीकै क्षेत्रमा चालिएको केही कदमहरुलाई लिन सकिन्छ । जस्तै फ्रि भिसा र फ्रि टिकटको प्रसङ्ग कामदारका भलाईका लागि अति नै सह्रानीय कदम थियो । तर दुखद् निर्णय नै भनौ यो घोषणा कार्यान्वयनमै ल्याउन नसकेको गतिलो उदाहरण हामीले भुलेका छैनो । फ्रि भिसा र फ्रि टिकट लाग्ने खाडी मुलुक र मलेसिया जाने कामदारले दश हजारको रसिद लिएर एक लाखदेखि चार लाखसम्म तिरेको तीतो यथार्थ हामीले भुलेका छैनौ ।
कुनै पनि निर्णय गर्दा सरकारले दुवै पक्षको हितमा निर्णय गर्नु उचित हुनेछ । वैदेशिक रोजगार व्यवसायको धरौटी रकम बढाउने निर्णयले व्यवसायी भन्दा पनि कामदार मर्कामा पर्न सक्दछन् किन भने, ठूलो व्यवसाय सञ्चालन गरेपछि लगानी अनुसारको कमाई खोज्नु कुनै नौलो कुरो रहेन । हिजो ३० लाखले व्यवसाय चलाइरहदा, थोरै कमाउदा पुग्ने ठाउँमा पनि कामदारहरु ठूलो रकम तिरेर विदेशिन बाध्य भएको यथार्थ हामीले भुलेका छैनौ । ठूलो रकमले व्यवसाय सञ्चालन गरेपछि म्यानपावर कम्पनीको संख्या घट्नु स्वभाविक हो तर यसमा हुने ठगी धन्दाको विकृति बढ्न पनि सक्दछ । जस्तो कि हिजो थोरै रकम कमाउने खाडी मुलुकमा तल्लो स्तरको कामदार पठाउदा सरदर एक लाख रुपियाँ लिने व्यवसायीले भोलि समान ज्यालामा एउटा कामदार पठाउँदा त्यही लागतको दोब्बर, तेब्बर रकम लिए के गर्ने ? यो एउटा ध्यानाकर्षणको विषय हुन सक्दछ । अर्कोतिर वैदेशिक रोजगारीको आवरणमा मौलाउदो मानव तस्करीको सम्बन्धमा पनि सोच्नै पर्ने हुन सक्दछ । किनभने, ठूलो धनराशी असुलेर विदेश पठाउने कार्यमा संलग्न हुनेहरुले मानव तस्करीको नयाँ–नयाँ गन्तव्य पत्ता लगाउँदै यूरोप, अमेरिका जस्ता ठूला देशहरुमा २५ लाखदेखि ५० लाखसम्म रकम असुलेर महिनौ महिना स्थलमार्ग, समुद्र र हवाई मार्गको यात्रा गराएर जीवन मरणको दोसाँध छिचोल्दै नेपाली युवा युवतीहरुलाई अमेरिका र युरोपको नयाँ–नयाँ मुलुकमा अवैध रुपमा पु¥याउने र अलपत्र पार्ने गरेको घटना दिनप्रतिदिन दोहोरिदै आइरहेका समाचार सञ्चार माध्यममा पटक–पटक आइरहेका छन् ।
कुनै समय कृषि प्रधान देशको नामले परिचित हाम्रो मुलुकको पहिचान २१औं शताब्दीको विकसित र विज्ञान तथा प्रविधिको युगमा विश्वमै अदक्ष, अर्ध दक्ष र करिब १ देखि २ प्रतिशत दक्ष कामदार निर्यात गर्ने मुलुकको कोटीमा दर्ज भैरहँदा, वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने मात्र हैन, वैदेशिक रोजगारको विकल्प नै सोच्ने बेला आइसकेको छ । वैदेशिक रोजगारबाट पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र चल्दा सरकार यसरी नै मक्ख परेर बस्ने हो भने, भविष्यमा यो देशको युवा जनशक्ति पलायनको भयावह स्थितिलाई रोक्ने त कता हो कता, विश्व श्रम बजारमा तल्लो स्तरको कामदार उत्पादन र निर्यात गर्ने कारखानाको संज्ञा यो मुलुकले पाउनु एक नौलो आलोचनाको विषय सिवाय केही हुन सक्दैन ।
वैदेशिक रोजगार व्यवसायको रकम बढाएर हैन यससँग सम्बन्धी शीर्षकमा हुने मानव तस्करी युवा, युवती वेचविखन, नेपाली कामदारमाथि श्रम गन्तव्यमा हुने चरम मानसिक तथा शारीरिक यातना, श्रम शोषण, कामदारमाथि हुने ठूलो धनराशीको अवैध असुली लगायतका ठगी धन्दा नियन्त्रण गरेर यसलाई व्यवस्थित बनाउने प्रयासमा सरकार लागे व्यवसायी र कामदार दुवैको हित हुनेछ । त्यस्तै वैदेशिक रोजगार व्यवसायमा केही समूहले गर्ने मानव तस्करी जस्ता आपराधिक घटनाले सिंगो व्यवसायलाई नै कलंकित बनाउँदै गइरहेको तर्फपनि सरकारको ध्यानकर्षण हुनु नितान्त आवश्यक देखिन्छ । अतः नेपाल सरकारले आन्तरिक रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म, वैदेशिक रोजगारीकै भर पर्नु पर्ने अवस्थामा व्यवसायको धरौटी रकम बढाउनु भन्दा यसक्षेत्रमा मौलाइरहेको चरम विकृति रोक्नु उचित होला की !

Aartha Sambadh
images
SKIP THIS